चितवनको भरतपुरमा सडकमा शंकास्पद बस्तु भेटिएपछि पूर्व–पश्चिम राजमार्ग सिल गरिएको छ ।
चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार भरतपुरको चितवन मेडिकल कलेजनजिकैको सडकमा दिउँसो साढे दुई बजेतिर शंकास्पद बस्तु भेटिएको हो ।
उक्त बस्तु बम हुन सक्ने आशंकामा प्रहरीले राजमार्ग सिल गरेर सवारी साधनलाई वैकल्पिक बाटोबाट पठाइरहेको छ । शंकास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ।
‘डिस्पोज गर्ने तयारी भइरहेको छ,’ एसपी अधिकारीले भने।