Sunday, February 1, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

पहुँचबिहीन नागरिकका हितमा काम गर्छु : विकास केसी

खबरबिट by खबरबिट
22/09/2021
in FEATURE, अन्तर्वार्ता
0
पहुँचबिहीन नागरिकका हितमा काम गर्छु : विकास केसी
12
SHARES
303
VIEWS
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेस इटहरीको १४ औँ अधिवेशन यही असोज ९ गते तय भएको छ । यो सँगै नगरसभापति पदका लागि इटहरीका प्रभावशाली नेता विकास केसीले उमेद्दारी दिएका छन् ।

२०३६ चैत्र ३० गते तेह्रथुमको पिप्लेमा जन्मिएका केसीले २०५२ सालदेखि इटहरीबाट राजनीतिक यात्रा सुरु गरे । २०४७ सालमा इटहरी बसाईँसराईँको क्रममा आएपछि र समयक्रम बुझ्दै गएपछि उनले २०५२ सालमा नेविसंघको सदस्यता राजनीतिक यात्रा सुरु गरे।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

२०५७ सालमा जनता बहुमुखी क्याम्पसमा स्ववियू सदस्य, ०५९ मा स्ववियू सह–सचिव, ०६१ मा स्ववियू उप–सभापति, ०६२ मा नेविसंघ जिल्ला सभापति हुँदै २०७३ सालमा नेविसंघको केन्द्रीय उप–सभापतिमा कुशल नेतृत्व गरेका उनी हाल नगरसभापति पदका लागि उमेद्दारी दिएका छन् ।

इटहरीका थुप्रै सामाजिक संघ संस्थामा पनि अब्बल रुपमा नेतृत्वको भूमिका सम्हालिसकेका केसी आगामी नगर अधिवेशनबाट इटहरी कांग्रेसको नेतृत्व लिने दौडमा छन् । उनै केसीसँग चुनावी तयारीबारे गरेको कुराकानीको सारांश :

चुनावको मिति नजिकिदैँ गर्दा तयारी कसरी गरिरहनुभएको छ ?

नेपाली कांग्रेस इटहरीको १४ औं अधिवेशन यही असोज ९ गते हुँदैछ । मैले पनि सभापति पदमा उम्मेद्वरी दिएको छु । एक वर्ष अगाडि नै चुनावको कार्यतालिका निस्किएपनि विविध कारणले चुनाव हुन सकेको थिएन । कांग्रेसका आस्थावान साथीहरूलाई मैले एक वर्ष अगाडि नै तयारी गरेको सबैलाई थाहा थियो । त्यसबेलादेखि नै सबैलाई मत मागिरहेको छु ।

सधैँ क्रियाशिल सदस्यहरुले मत गर्ने प्रक्रिया भएपनि यसपटक फरक ढंगको चुनाव हुने भएकाले क्षेत्रीय प्रतिनिधिहरूले मत हाल्ने व्यवस्था छ । क्षेत्रीय प्रतिनिधि भनेको पनि क्रियाशिलबाटै चुनिएका भएकाले नेता नै हो, अब नेताले नेता चुन्ने बेला आएको छ । अहिले सबै वडाका क्षेत्रीय प्रतिनिधिहरूसँग मत माग्ने काम गरिरहेको छु ।

विशेषतः चुनावी बेला मात्रै कार्यकर्ता भेट्ने प्रथा पनि छ नि ?

मेरो चैं के छ भने मान्छेहरूलाई प्रलोभनमा पार्ने र चुनावी अभियानमा मात्रै भेट्ने भन्ने छैन । म यसअघि पनि नगरसभापति पदमा उपविजेता भएपनि पार्टीको लागि सदाबहार नेतृत्व गरिरहेको छु । पदीय हिसाबमा जिम्मेवारी नभएपनि मैले कांग्रेस पार्टीमा रहेर योगदान गरेको सबैले मूल्यांकन गरिरहनुभएको छ । विकास केसी स्वार्थको लागि मात्रै नेतृत्व गर्ने नेता होइन ।

कांग्रेसको समस्यामा चिन्तित र गम्भीर भएर नेतृत्व गर्न सक्छ भन्ने सबैले बुझिसक्नुभएको छ । अब नगरमा कांग्रेसलाई कसरी विजयी गराउन सकिन्छ भनेर लागिपर्ने प्रतिवद्वता व्यक्त गर्दछु ।

१३ औं महाधिवेशनमा पनि उठ्नुभएको थियो, यसपटक पनि उठ्नुको कारण ?

अब के छ भने राजनीतिमा हार, जीत हुन्छ । हारलाई स्वीकार गरेर हिँड्नु नै जीत हो । त्यसबेला विद्यार्थी पोल्टिक्समा विद्यार्थीको मुद्दा लिएर हिड्ने भएकाले मैले कांग्रेस पार्टीका क्रियाशिलहरुसँग नजिकबाट साथ दिन सकिरहेको थिईँन ।

सँगै नेविसंघको केन्द्रीय उपसभापति पदमा पनि एक कार्यकाल नेतृत्व गरिसकेका कारण केन्द्र तहका नेताहरूसँग छलफल गरि जनताको समस्या हल गर्ने काम गरेको छु । त्यसबेला चुनावी तयारी पूरा थिएन, अहिले तयारी पूर्ण छ । सबैसँग संवाद भएको छ । त्यसैकारण पनि एकपटकका लागि मेरो उमेद्वारी हो ।

एकपटकका लागि उमेद्वारी भन्ने तर पटक-पटक चुनावी मैदानमा होमिने प्रथा पनि विद्यमान छ, तपाईं कति कार्यकाल नगरसभापति चलाउने ?

म नगरसभापति एक कार्यकाल चलाउने हो । हामी जस्ता युवाहरूले नेतृत्व जाम गर्नुहुँदैन भन्ने बुझाई छ । हामी भविष्य बोकेको मानिस भएकाले माथिल्लो तहसम्म राजनीति गर्ने हो, राष्ट्रिय राजनीति गर्नका लागि पनि मेरो एकपटक कार्यकाल रहन्छ । मेरो राजनीतिक लक्ष्य भनेकै केन्द्रसम्म भएकाले एक कार्यकाल मात्रै नगरसभापति चलाउने तयारी गरिरहेको छु । वर्तमान सभापति हेमकर्ण पौडेल दुई कार्यकाल नेतृत्व पदमा बसेका कारण अब पनि उहाँले इटहरी नगर नै रुगेँर बस्न हुँदैन । प्रभावशाली नेता हो उहाँ । सभापति लड्ने अधिकार त छ, तर क्षेत्र, जिल्ला हुँदै उहाँ माथिल्लो तहसम्म पुग्ने मानिस हो, नेतृत्वले कांग्रेसको आवाज पनि सुन्नुपर्छ ।

किन तपाईंलाई नै मत हाल्ने ?

इटहरी कांग्रेसले परिवर्तन खोजेको छ । वर्तमान सभापति ज्यू ले तेस्रो कार्यकाल ओगट्न लाग्दा कांग्रेसीहरूले परिवर्तन खोजेका छन् । हामीले संस्थागत रुपमा कुनै निर्णय गर्नै सकेका छैनौँ । वर्तमान नगर समितिले आवश्यक निर्णय गरेकै छैन ।

कोभिडको बेला राहत वितरण गर्दा इटहरी उपमहानगरपालिकाले त्यसको हिसाब अहिलेसम्म दिन सकेको छैन, कांग्रेसले त्यसको हिसाब माग्न खोई सकेको ? भ्रष्टाचारले व्याप्त छ उपमहानगरपालिका, त्यसको प्रतिकार गर्न सकेको खोई ? हामीले आवाज उठाउन नसक्दा पनि कांग्रेस कमजोर भयो । कांग्रेसको विधान अनुसार प्रत्येक एक वर्षमा भेला हुनुपर्ने थियो, दस वर्षमा पनि नगर भेला भएको छैन ।

कांग्रेसलाई साह्रोगाह्रो पर्दा एक हुने, र अन्य सबै समस्याको समाधान विकास केसीबाट मात्रै हल हुन्छ । प्रत्येक एक वर्षमा नगर भेला हुन्छ । अहिले १७ नम्बर वडाका प्रतिनिधिलाई ३ नम्बर वडाका कांग्रेसीहरूले नचिन्ने अवस्था छ, यसको सबै समस्या भनेको वर्तमान नेतृत्वले एकपटक पनि नगर भेला गर्न नसक्नु हो । यसपटक मलाई मत दिनुभएको अवस्थामा जस्तोसुकै परिस्थितिमा पनि नेतृत्व गर्ने प्रतिवद्वता गर्दछु । यसैकारण पनि मलाई मत दिनुपर्छ ।

अन्त्यमा केही ?

मेरो कार्यकालमा इटहरी कांग्रेसले दुईतलासम्मको आफ्नै पार्टी अफिस पाउँछ । यो काम मेरो नेतृत्वमा हामी गर्छौँ ।

सबैलाई तेरोमेरो नभनी, काखापाखा नगरी, गुट, उपगुट नभनी कांग्रेस एक भएर अगाडि बढ्नेछौँ । आज मत नमिल्ला तर भोलि मन मिल्छ । कांग्रेस एकढिक्का बनाएर सबैले गौरव गर्ने पार्टी बनाउँछु ।

इटहरी कांग्रेसलाई संस्थागत बनाउने । प्रत्येक वर्ष उठ्ने क्रियाशिलको विवाद संवादबाट समाधान गर्ने तथा पहुँचबिहीन नागरिकका लागि नेतृत्व गर्ने काम गर्नेछु । अब उपमहानगरपालिकाका सबै वडा तथा मेयर, उपमेयरको पदमा विजयी गराउनका लागि अहोरात्र खटिनेछु ।

Tags: इटहरीकांग्रेस महाधिवेशननेपाली कांग्रेसविकास केसी

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
नेपाली कांग्रेस महाधिवेशन : रामधुनी नगरसभापतिमा सगेन चौधरी प्यानलको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस महाधिवेशन : रामधुनी नगरसभापतिमा सगेन चौधरी प्यानलको उम्मेदवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.