No Result
View All Result
  • गृह
  • खबर
    • स्थानीय
    • समाचार
    • मुख्य
    • प्रदेश खबर
    • अन्तर्राष्ट्रिय
  • रंग

    कलकार जितु नेपाल अभिनित चलचित्र “ह्यारी की प्यारी” आजबाट देशभर प्रदर्शनमा

    नेपाली चलचित्र फुलबारीको टोली पत्रकारहरूसंग इटहरीमा (भिडियाेसहित)

    गायक श्रीकृष्णको “मेरो घर भुटाई टोल” गीत सार्वजनिक (भिडियाेसहित)

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

    मानव सभ्यतामा राजनीति र चुनाव

    यात्रा : इटहरी-घलेगाउँ-पोखरा

    Trending Tags

    • फोटो

      झुम्का बजार अनुगमनका केही दृश्यहरू (फाेटाेफिचर)

      रामधुनीमा छठ पर्वको अन्तिम तयारीमा भक्तजन (फोटो स्टाेरी)

      १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

      Trending Tags

      • फाेटाे स्टाेरी
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन

        दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

        यात्रा : इटहरी-घलेगाउँ-पोखरा

        विश्व सिमसार दिवस : हसिना सिमसारमा मेला [फोटोफिचर]

        Trending Tags

        • पर्यटन
        • पर्यटनमन्त्री
      • साहित्य

        महँगी र मायालु (कविता)

        मेरो गाउँ (कविता)

        लुटिएको आत्मा (कथा)

        Trending Tags

        • खबरबिट साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९
    No Result
    View All Result

    पहुँचबिहीन नागरिकका हितमा काम गर्छु : विकास केसी

    खबरबिट by खबरबिट
    प्रकाशित मिति : २०७८ अशोज ६ गते, १८:१५ बजे
    64
    SHARES
    ShareTweetSubscribe

    इटहरी : नेपाली कांग्रेस इटहरीको १४ औँ अधिवेशन यही असोज ९ गते तय भएको छ । यो सँगै नगरसभापति पदका लागि इटहरीका प्रभावशाली नेता विकास केसीले उमेद्दारी दिएका छन् ।

    २०३६ चैत्र ३० गते तेह्रथुमको पिप्लेमा जन्मिएका केसीले २०५२ सालदेखि इटहरीबाट राजनीतिक यात्रा सुरु गरे । २०४७ सालमा इटहरी बसाईँसराईँको क्रममा आएपछि र समयक्रम बुझ्दै गएपछि उनले २०५२ सालमा नेविसंघको सदस्यता राजनीतिक यात्रा सुरु गरे।

    २०५७ सालमा जनता बहुमुखी क्याम्पसमा स्ववियू सदस्य, ०५९ मा स्ववियू सह–सचिव, ०६१ मा स्ववियू उप–सभापति, ०६२ मा नेविसंघ जिल्ला सभापति हुँदै २०७३ सालमा नेविसंघको केन्द्रीय उप–सभापतिमा कुशल नेतृत्व गरेका उनी हाल नगरसभापति पदका लागि उमेद्दारी दिएका छन् ।

    इटहरीका थुप्रै सामाजिक संघ संस्थामा पनि अब्बल रुपमा नेतृत्वको भूमिका सम्हालिसकेका केसी आगामी नगर अधिवेशनबाट इटहरी कांग्रेसको नेतृत्व लिने दौडमा छन् । उनै केसीसँग चुनावी तयारीबारे गरेको कुराकानीको सारांश :

    चुनावको मिति नजिकिदैँ गर्दा तयारी कसरी गरिरहनुभएको छ ?

    नेपाली कांग्रेस इटहरीको १४ औं अधिवेशन यही असोज ९ गते हुँदैछ । मैले पनि सभापति पदमा उम्मेद्वरी दिएको छु । एक वर्ष अगाडि नै चुनावको कार्यतालिका निस्किएपनि विविध कारणले चुनाव हुन सकेको थिएन । कांग्रेसका आस्थावान साथीहरूलाई मैले एक वर्ष अगाडि नै तयारी गरेको सबैलाई थाहा थियो । त्यसबेलादेखि नै सबैलाई मत मागिरहेको छु ।

    सधैँ क्रियाशिल सदस्यहरुले मत गर्ने प्रक्रिया भएपनि यसपटक फरक ढंगको चुनाव हुने भएकाले क्षेत्रीय प्रतिनिधिहरूले मत हाल्ने व्यवस्था छ । क्षेत्रीय प्रतिनिधि भनेको पनि क्रियाशिलबाटै चुनिएका भएकाले नेता नै हो, अब नेताले नेता चुन्ने बेला आएको छ । अहिले सबै वडाका क्षेत्रीय प्रतिनिधिहरूसँग मत माग्ने काम गरिरहेको छु ।

    विशेषतः चुनावी बेला मात्रै कार्यकर्ता भेट्ने प्रथा पनि छ नि ?

    मेरो चैं के छ भने मान्छेहरूलाई प्रलोभनमा पार्ने र चुनावी अभियानमा मात्रै भेट्ने भन्ने छैन । म यसअघि पनि नगरसभापति पदमा उपविजेता भएपनि पार्टीको लागि सदाबहार नेतृत्व गरिरहेको छु । पदीय हिसाबमा जिम्मेवारी नभएपनि मैले कांग्रेस पार्टीमा रहेर योगदान गरेको सबैले मूल्यांकन गरिरहनुभएको छ । विकास केसी स्वार्थको लागि मात्रै नेतृत्व गर्ने नेता होइन ।

    कांग्रेसको समस्यामा चिन्तित र गम्भीर भएर नेतृत्व गर्न सक्छ भन्ने सबैले बुझिसक्नुभएको छ । अब नगरमा कांग्रेसलाई कसरी विजयी गराउन सकिन्छ भनेर लागिपर्ने प्रतिवद्वता व्यक्त गर्दछु ।

    १३ औं महाधिवेशनमा पनि उठ्नुभएको थियो, यसपटक पनि उठ्नुको कारण ?

    अब के छ भने राजनीतिमा हार, जीत हुन्छ । हारलाई स्वीकार गरेर हिँड्नु नै जीत हो । त्यसबेला विद्यार्थी पोल्टिक्समा विद्यार्थीको मुद्दा लिएर हिड्ने भएकाले मैले कांग्रेस पार्टीका क्रियाशिलहरुसँग नजिकबाट साथ दिन सकिरहेको थिईँन ।

    सँगै नेविसंघको केन्द्रीय उपसभापति पदमा पनि एक कार्यकाल नेतृत्व गरिसकेका कारण केन्द्र तहका नेताहरूसँग छलफल गरि जनताको समस्या हल गर्ने काम गरेको छु । त्यसबेला चुनावी तयारी पूरा थिएन, अहिले तयारी पूर्ण छ । सबैसँग संवाद भएको छ । त्यसैकारण पनि एकपटकका लागि मेरो उमेद्वारी हो ।

    एकपटकका लागि उमेद्वारी भन्ने तर पटक-पटक चुनावी मैदानमा होमिने प्रथा पनि विद्यमान छ, तपाईं कति कार्यकाल नगरसभापति चलाउने ?

    म नगरसभापति एक कार्यकाल चलाउने हो । हामी जस्ता युवाहरूले नेतृत्व जाम गर्नुहुँदैन भन्ने बुझाई छ । हामी भविष्य बोकेको मानिस भएकाले माथिल्लो तहसम्म राजनीति गर्ने हो, राष्ट्रिय राजनीति गर्नका लागि पनि मेरो एकपटक कार्यकाल रहन्छ । मेरो राजनीतिक लक्ष्य भनेकै केन्द्रसम्म भएकाले एक कार्यकाल मात्रै नगरसभापति चलाउने तयारी गरिरहेको छु । वर्तमान सभापति हेमकर्ण पौडेल दुई कार्यकाल नेतृत्व पदमा बसेका कारण अब पनि उहाँले इटहरी नगर नै रुगेँर बस्न हुँदैन । प्रभावशाली नेता हो उहाँ । सभापति लड्ने अधिकार त छ, तर क्षेत्र, जिल्ला हुँदै उहाँ माथिल्लो तहसम्म पुग्ने मानिस हो, नेतृत्वले कांग्रेसको आवाज पनि सुन्नुपर्छ ।

    किन तपाईंलाई नै मत हाल्ने ?

    इटहरी कांग्रेसले परिवर्तन खोजेको छ । वर्तमान सभापति ज्यू ले तेस्रो कार्यकाल ओगट्न लाग्दा कांग्रेसीहरूले परिवर्तन खोजेका छन् । हामीले संस्थागत रुपमा कुनै निर्णय गर्नै सकेका छैनौँ । वर्तमान नगर समितिले आवश्यक निर्णय गरेकै छैन ।

    कोभिडको बेला राहत वितरण गर्दा इटहरी उपमहानगरपालिकाले त्यसको हिसाब अहिलेसम्म दिन सकेको छैन, कांग्रेसले त्यसको हिसाब माग्न खोई सकेको ? भ्रष्टाचारले व्याप्त छ उपमहानगरपालिका, त्यसको प्रतिकार गर्न सकेको खोई ? हामीले आवाज उठाउन नसक्दा पनि कांग्रेस कमजोर भयो । कांग्रेसको विधान अनुसार प्रत्येक एक वर्षमा भेला हुनुपर्ने थियो, दस वर्षमा पनि नगर भेला भएको छैन ।

    कांग्रेसलाई साह्रोगाह्रो पर्दा एक हुने, र अन्य सबै समस्याको समाधान विकास केसीबाट मात्रै हल हुन्छ । प्रत्येक एक वर्षमा नगर भेला हुन्छ । अहिले १७ नम्बर वडाका प्रतिनिधिलाई ३ नम्बर वडाका कांग्रेसीहरूले नचिन्ने अवस्था छ, यसको सबै समस्या भनेको वर्तमान नेतृत्वले एकपटक पनि नगर भेला गर्न नसक्नु हो । यसपटक मलाई मत दिनुभएको अवस्थामा जस्तोसुकै परिस्थितिमा पनि नेतृत्व गर्ने प्रतिवद्वता गर्दछु । यसैकारण पनि मलाई मत दिनुपर्छ ।

    अन्त्यमा केही ?

    मेरो कार्यकालमा इटहरी कांग्रेसले दुईतलासम्मको आफ्नै पार्टी अफिस पाउँछ । यो काम मेरो नेतृत्वमा हामी गर्छौँ ।

    सबैलाई तेरोमेरो नभनी, काखापाखा नगरी, गुट, उपगुट नभनी कांग्रेस एक भएर अगाडि बढ्नेछौँ । आज मत नमिल्ला तर भोलि मन मिल्छ । कांग्रेस एकढिक्का बनाएर सबैले गौरव गर्ने पार्टी बनाउँछु ।

    इटहरी कांग्रेसलाई संस्थागत बनाउने । प्रत्येक वर्ष उठ्ने क्रियाशिलको विवाद संवादबाट समाधान गर्ने तथा पहुँचबिहीन नागरिकका लागि नेतृत्व गर्ने काम गर्नेछु । अब उपमहानगरपालिकाका सबै वडा तथा मेयर, उपमेयरको पदमा विजयी गराउनका लागि अहोरात्र खटिनेछु ।

    Tags: इटहरीकांग्रेस महाधिवेशननेपाली कांग्रेसविकास केसी
    ADVT ADVT
    अगाडिकाे पाेस्ट

    सुनसरीका किशोरीहरुका लागि दुई दिने कला कार्यशाला

    अर्काे पाेस्ट

    नेपाली कांग्रेस महाधिवेशन : रामधुनी नगरसभापतिमा सगेन चौधरी प्यानलको उम्मेदवारी घोषणा

    सम्बन्धित Posts

    समाचार

    इटहरीमा पिकअपको ठक्करबाट एककाे मृत्यु

    by खबरबिट
    प्रकाशित मिति : २०७९ माघ १३ गते, ५:२५ बजे
    0

    इटहरी १२ स्थित कोसी राजमार्गमा...

    मुख्य समाचार

    इटहरीकाे वायु अस्वस्थकर सूचिको पहिलो स्थानमा

    by आशिष काफ्ले
    प्रकाशित मिति : २०७९ पुस २१ गते, १९:२६ बजे
    0

    सुनसरी । इटहरीकोे वायु प्रदुषण...

    प्रदेश १ मा संसदीय दलको नेता छान्न नेपाली कांग्रेसद्वारा निर्वाचन समिति गठन

    प्रकाशित मिति : २०७९ पुस ११ गते, १८:०२ बजे

    चुनाव पछिकाे पहिलाे पार्टी कांग्रेस अन्ततः प्रमुख प्रतिपक्षमा

    प्रकाशित मिति : २०७९ पुस १० गते, १७:४१ बजे

    बालुवाटारबाट ‘लञ्च ब्रेक’ मा बाहिरिएका प्रचण्ड बालकोट पुगे

    प्रकाशित मिति : २०७९ पुस १० गते, १३:५६ बजे

    उहाँको जिम्मेवारी अब उन्नत र गौरवमय बनोस्ः महामन्त्री थापा

    प्रकाशित मिति : २०७९ पुस ६ गते, १३:१२ बजे
    अरू हेर्नुहाेस्
    Connect with
    Login
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    Connect with
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    0 प्रतिक्रिया
    Inline Feedbacks
    सबै प्रतिक्रिया हेर्नुहाेस्

    नयाँ खबर

    मुख्य समाचार

    कलकार जितु नेपाल अभिनित चलचित्र “ह्यारी की प्यारी” आजबाट देशभर प्रदर्शनमा

    by आशिष काफ्ले
    प्रकाशित मिति : २०७९ माघ २० गते, १२:०३ बजे
    0

    सबै पढ्नुहाेस्

    नेपाली चलचित्र फुलबारीको टोली पत्रकारहरूसंग इटहरीमा (भिडियाेसहित)

    प्रकाशित मिति : २०७९ माघ २० गते, ११:०१ बजे

    महँगी र मायालु (कविता)

    प्रकाशित मिति : २०७९ माघ १९ गते, १३:३२ बजे

    विकल्प स्थान नदिई पार्किङ हटाएकाेप्रति व्यापारीद्वारा विराेध

    प्रकाशित मिति : २०७९ माघ १६ गते, १८:०५ बजे

    प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय पक्राउ

    प्रकाशित मिति : २०७९ माघ १६ गते, १७:०७ बजे


    बढी पढिएकाे (३० दिनमा)

    • महँगी र मायालु (कविता)

      0 shares
      Share 0 Tweet 0
    • गायक श्रीकृष्णको “मेरो घर भुटाई टोल” गीत सार्वजनिक (भिडियाेसहित)

      0 shares
      Share 0 Tweet 0
    • रास्वपाका सभापतिको सांसद पद सर्वाेच्चद्वारा खारिज

      0 shares
      Share 0 Tweet 0
    • स्पोट्स मिट २०७९को हिसान रनमा नमुना र धरान आदर्श विजयी

      0 shares
      Share 0 Tweet 0
    • समाज परिवर्तनमा युवाको भूमिका र दायित्व

      0 shares
      Share 0 Tweet 0

    सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


    मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
    शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

     

    हाम्राे टिम

    प्रवन्ध निर्देशक : डिल्ली कार्की
    सम्पादक : राम कट्वाल
    डेस्क रिपाेर्टर :आशिष काफ्ले
    बजार व्यवस्थापक :
    संवाददाता : नसिम अन्सारी (सुनसरी)
    संवाददाता : युवराज कटुवाल (मोरङ)
    संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

    No Result
    View All Result

    सम्पर्क

    माेबाइल : ९८०२७८१०८३
    विज्ञापन : ९८०२७८१०८३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

    Design  by :

    • हाम्राे टीम
    • विज्ञापन
    • राशिफल

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    No Result
    View All Result
    • गृह
    • खबर
      • स्थानीय
      • समाचार
      • मुख्य
      • प्रदेश खबर
      • अन्तर्राष्ट्रिय
    • रंग
    • विचार
    • फोटो
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन
      • साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    Welcome Back!

    Sign In with Facebook
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    OR

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।