रामधुनी । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकै जाँदा रामधुनी नगरपालिकाको नेपाली काँग्रेस नगरमा झुम्का उधाोग वाणिज्य संघका पूर्व अध्यक्ष तथा युवा नेता सगेन चौधरीले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेका छन् ।
बिहीबार रामधुनी ५ झुम्कामा अवस्थित टेरेस होटलमा उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गरी काँग्रेस नगर सभापतिका लागि आकांक्षी सगेन चौधरीसहित उनको प्यानलको उम्मेदवारी घोषणा गरिएको हो ।
नेपाली काँग्रेस रामधुनी नगर सभापतिमा सगेन चौधरी उपसभापतिमा नारायण कोइराला र विजय चौधरी, सचिवमा नगेन्द्र कुमार चौधरी र अशोक बहादुर भण्डारी सह–सचिव भिष्मा काफ्ले पौडेल र विष्णु लिम्बुले उम्मेदवारी घोषणा गरेका छन् ।
अन्य पद लगायत कोषाध्यक्षमा भने नगरबाट चुनिएर आएका मधेसी, मुस्लिम तथा थारु प्रतिनिधि मध्येबाट एक जनालाई मानोनित गरिने पत्रकार सम्मेलनमा सभापतिका दाबेदार चौधरी जानकारी दिए ।। नेपाली काँग्रेसको निर्वाचन कार्यपालिका अनुसार नगरपालिका तहको चुनाव यही असोज ९ गते हुँदैछ ।