बराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतरामा प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । चतरा फुटबल क्लबको आयोजनामा प्रथम चतरा नकआउट फूटबल प्रतियोगिता हुने भएको हो । असोज १० गते सुरु हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक चतरा फुटबल क्लब र ग्रीन कल्चर फुटबल क्लब चक्रघट्टिका बीच हुने छ ।
चतरा कोशी पुलछेउ बेलका ८ स्थित यालाखुम होटलमा बिहीबार पत्रकार सम्मेलत आयोजना गरी सो जानकारी गराइएको हो । आयोजक चतरा फुटबल क्लबका सचिव दिनेश राईका अनुसार मोरङ, उदयपुर र सुनसरीका गरी ८ वटा टिमले सहभागिता जनाउने छन् । आयोजक चतरा, ग्रिन कल्चर, पञ्चकन्या फुटबल क्लब बेलका, जे.एस.वाई.सी.मोरङ्ग, हाटखोला फुटबल क्लब, राजावास फुटवल क्लब, इटहरी फुटबल क्लब, एभरेस्ट फुटवल क्लब नडाहा सहभागी हुने छन् ।
कोरोना कहरले आक्रान्त बनाएको अवस्थामा मानिसहरुलाई मनोरञ्जन प्रदान गर्न र आवश्यक खेल मैदान निर्माणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक क्लबका सचिव राईले बताए । प्रतियोगिताबाट बचेको रकमबाट चतरा स्थित ५ आर.डी.मा खेलमैदान निर्माण गर्ने उनले जानकारी गराए ।
सांगितक कार्यक्रम र महिला फुटबलको मैत्रीपूर्ण खेल समेत हुने प्रतियोगिताको कुल खर्च करिब २ लाख रुपैयाँ अनुमान गरिएको आयोजकले जनाएको छ । नाइन साइजमा हुने प्रतियोगितामा उत्कृष्ट गोलकिपर, खेलाडी, हाईस्कोरर, डिफेन्डर लगायत बिधाका पुरस्कार प्रदान गरिने अध्यक्ष राईले जानकारी दिए ।
चतरामा युवामा बढेको लागूऔषध दुव्र्यसनीलाई घटाउने, राष्ट्रिय स्तर खेलाडी उत्पादन गरि चतराको युवामा पुरानो फूटबल खेल भावनालाई बढाई र स्थानीय स्तरमा आधुनिक खेल मैदान निर्माण गरिने सल्लाहकार रोशन श्रेष्ठले जानकारी दिए । असोज १७ गतेसम्म संचालन हुने प्रतियोगितामा स्थानीय वैदेशिक रोजगारीमा तथा ब्यक्तीहरुले सहयोग गरेको सचिव दिनेश राईले बताए ।
प्रतियोगिताको प्रथम हुनेले ४५ हजार र द्धितीय हुनेले २० हजार रुपैयाँ र ट्रफी पाउने आयोजक क्लबले जनाएको छ ।