रामधुनी । रामधुनी नगर प्याब्सनले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गतको फुटवल तर्फको फाइनल खेलमा रामधुनीको एलईएस अर्थात पिंक लोटस बोर्डिग स्कुल र राइजिगं स्टार इंग्लिस स्कुलले जित हासिल गरेका छन् ।
एक हप्तासम्म सञ्चालित स्पोर्टस मिटको अन्तिम दिन सोमबार भएको फुटबलको फाइनल खेलमा १५ बवमुनिको उपाधि एलईएस स्कुलले जितेको हो भने १२ वर्ष मुनिको उपाधि राईजिगं स्टार बोडिंगं स्कुलले जितेको हो ।
दुवै प्रतिस्पर्धामा रामधुनी ७ मा रहेको पन्चायन विद्या मन्दिरको टिमले भने दोस्रो बरियतामै चित्त बुझाएको छ । अण्डर १५ तर्फ एउटा खेल जितेरै फाइनलमा पुगेको पन्चायन विद्या मन्दिरले फाइनलमा एलईएसलाई जित्न नसक्दा उप विजेतामा सिमित बनेको हो ।
यता अण्डर १२ तर्फ पनि राईजिगं स्टारले ० को विरुद्ध १ गोल गर्दै पन्चायनलाई पछि पारेको थियो । दुवै विद्यामा फाइनल पुगेको पन्चायनले दुवैमा उपविजेतामा चित्त बुझाएको छ । अण्डर १२ तर्फको तेस्रो स्थान रामधुनीको नाइटिंगल एकेडेमीले जितेको थियो भने अण्डर १५ को तर्फको तेस्रो स्थान राइजिगं स्टार इंग्लिस स्कुलले जितेको थियो ।
खmेलकुद सप्ताहमा फुटवल तर्फ प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई मेडल, प्रमाण पत्र र सिल्ड प्रमुख अतिथी, विशिष्ट अतिथि र अतिथिहरुले प्रदान गरेका थिए ।
यसैबिच प्याब्सन रामधुनीले एक हप्तासम्म सन्चालन गरेको स्पोर्टस मिट कार्यक्रमको सोमबार एक कार्यक्रमका बिच समापन गरेको छ । रामधुनी प्यावसनका अध्यक्ष अच्युत ढकालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथ्यता रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी र विशेष अतिथीको रुपमा उपमेयर तारा थापा, इलाका प्रहरी कार्यलय पकलीका प्रहरी निरिक्षक गजेन्द्र रायमाझी, खेलकुद महासंघ रामधुनीका अध्यक्ष पुष्प कार्की, वडा नम्बर ३ का वडा अध्यक्ष बुधनारायण चौधरी, वडा नम्बर ७ का अध्यक्ष संजयसिह राजधामी, लगायत प्याब्सनका विभिन्न ओहदाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
बिभिन्न चुनौतीका बाबजुत एक हप्ते स्पोर्टस मिट इभेन्टको सफलता पूर्वक समापन गरिएको र विद्यालय र विद्यार्थीका लागि राम्रो उपलब्धि बनेको रामधुनी प्यावसनका अध्यक्ष अच्युत ढकालले बताए । फुटबल तर्फको कार्यक्रमका संयोजक हरी रायमाझी भने फुटवलमा विद्यार्थीले देखाएको चासो र सरोकारवालाको हौसलाका कारण सफलता पुर्वक कार्यक्रम सम्पन्न गर्न सफल भएको र आगामी दिनमा अझ परिस्कृत बनाँउँदै अघि बढ्ने बताए ।
खेलकुद सप्ताह समापनकै अवसर पारेर रामधुनी प्याब्सनले खेलकुदका क्षेत्रमा सहयोग गर्ने भारतीय सेनाका पुर्व क्याप्टेन मिठुराज अधिकारी र उनका पितालाई सम्मान गरेको थियो ।