Monday, November 24, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

गुट भन्दा माथि उठेर पार्टी र पार्टीका सबैको हितमा काम गर्नेछुु : पवन अधिकारी

खबरबिट by खबरबिट
22/11/2021
in FEATURE, अन्तर्वार्ता
0
गुट भन्दा माथि उठेर पार्टी र पार्टीका सबैको हितमा काम गर्नेछुु : पवन अधिकारी
23
SHARES
577
VIEWS
Share on FacebookShare on Twitter

राजनीतिले नागरिक अनि राज्यलाई जोड्छ । राजनीति नागरिक जीवनलाई सहज बनाउन समाजमा लुकेको शक्तिको खोज, संकलन, प्रस्फुटन गर्ने विज्ञान हो । जहाँ नागरिकको आवश्यता हुन्छ, त्यहाँ राजनीति हुन्छ । हाम्रो जीवनस्तरलाई उकास्ने अनि व्यवस्थित गर्न पत्रकारितालाई ‘ब्याकग्राउण्ड’ बनाएर जीविकोपार्जन गर्दै आएका धेरै पत्रकार खुलेरै राजनीतिमा सक्रिय हुन थालेका छन् । सक्रिय पत्रकारितालाई त्यागेसँगै राजनीतिमा सम्भावना देखेर अवसर खोजिरहेका धेरै पत्रकारमध्येको नाम हो– पवन अधिकारी । नेपाली काँग्रेसको १४ औं महाधिवेसनको सरगर्मी तातिएका बेला अधिकारीले केन्द्रीय महाधिवेसन प्रतिनिधीमा उम्मेदवारी दिएर चुनाबी मैदानमा उत्रिएका छन् ।

अधिकारी २०४४ साल भदौ १४ गते इटहरी वडा नं. २ मा जन्मिएका हुन् । १७ वर्षको उमेरदेखि नै पत्रिका घरघरमा बाढ्दै पत्रकारितामा सम्भावना खोजेका उनले केही वर्ष पत्रिका वितरण गरे । पत्रिका वितरण गर्ने क्रममा गाउँठाउँका समाचार सम्प्रेषण गर्दै गए । विस्तारै उनलाई समाचार लेखनमा रस पस्दै गयो । र, समाचार लेखनसँगै आफ्नो अध्ययनलाई पनि निरन्तरता दिए । उनले १५ वर्ष समाचार लेखनीमै सक्रिय भए । पत्रकारितामा भविष्य खोज्दै गरेकाहरूका लागि उनी मार्गनिर्देशक पनि हुन् ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

पत्रकारितामार्फत आम मानिसको आवाज बोल्ने पत्रकारहरूले राजनीतिमा पनि अवसर पाएमा सकारात्मक काम गर्न सकिने उनको आत्मविश्वास छ । शिक्षाशास्त्र संकायमा स्नातकोत्तर गरेका उनी हाल नेपाल प्रेस युनियन सुनसरीको अध्यक्ष रहेर पत्रकारको हितमा उत्प्रेरित काम समेत गर्दै आएका छन् । अधिकारी वेरोजगार युवा पुस्ताका लागि रोजगारको अवसर सिर्जना गर्ने जव लिङ्क संस्था सञ्चालक र विज्ञापन व्यवसायीको रुपमा नाम चलेका व्यक्ति हुन् । अधिकारी नेपाल विज्ञापन संघ प्रदेश नं. १ का अध्यक्ष समेत छन् । आसन्न १४ औं महाधिवेशनमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी दिएर चुनाबी मैदानमा रहेको प्रसंगमा केन्द्रित रहेर उनै अधिकारीसँग गरिएको कुराकानीको सारसंक्षेप :

पत्रकारिता गरिरहनुभएका तपाईँ सक्रिय राजनीतिमा किन ?
हाम्रो जीवनलाई सहज र व्यवस्थित ढंगले अघि बढाउनुका साथै समाजलाई सही मार्ग गर्न राजनीतिको आवश्यकता हुन्छ । पत्रकारितामा हामीले सम्भावना देखेर सफल रूपमा काम गर्न सक्छौं भने राजनीतिमा किन नसक्ने भन्ने उद्देश्यले सक्रिय राजनीतिमा होमिएको हुँ । राजनीतिमा सम्भावना देख्नेहरूले अवसर पाउनुपर्छ भन्ने उद्देश्यका साथ यो अभियानमा लागेको हुँ । र, म राजनीतिमा लाग्दा पुरानो पुस्तालाई अझै जिम्मेवारीपूर्वक सम्मान गरेर उचित स्थान दिनेछु । राजनीतिका लागि मेरो आवश्यकता छ भन्ने अग्रजहरूको मार्गनिर्देशन र म आफैंले पनि महसुस गरेका कारण सक्रिय राजनीतिमा आएको हुँ । राजनीतिप्रति आम सर्वसाधारणको बितृष्णा जागिरहेको समयमा यो बितृष्णालाई सम्मानका रूपमा स्थापित गर्नका लागि पनि यस क्षेत्रमा लाग्ने अठोट गरेको छु । राजनीतिमा युवा पुस्तालाई सम्भावना देखाएर आकर्षित गर्नका लागि पनि सक्रिय रुपमा राजनीतिमा लागेको हुँ ।

राजनीतिमा बितृष्णाको कुरा गर्नुभयो । कस्ता बितृष्णा छन्, कसरी सम्मानका रूपमा स्थापित गर्न सकिन्छ ?
एउटै पार्टीका नेताले पनि आफ्नै पार्टीका नेतालाई सम्मान गर्न नसकिरहेको अवस्था छ । यसको मुख्य जड भनेकै पार्टीभित्रको गुट हो । गुट भन्दा माथि उठेर पार्टीमा रहेका मानिसहरूको हितमा काम गर्नका लागि मेरो उम्मेदवारी हो ।
जसरी प्रेस युनियनमा रहेर सबै पत्रकारहरूलाई एकीकृत गरेर समेटेर काम गरें, त्यसरी नै राजनीतिमा पनि चुनाव जितेको अवस्थामा सबै नेताहरूसँगको सहकार्यमा सकारात्मक काम गर्ने प्रतिवद्वता दिलाउँछु । प्रेस युनियन नेतृत्व गरि रहँदा कोरोना माहामारीका बेला मानिसहरू घरबाटै निस्कन डराएको समयमा हामीले पत्रकारहरूको घरमै पुगेर आवश्यकता अनुसारका सामग्रीहरु पु¥याएको अवस्था छ । त्यसैगरी, कोरोना बीमा गरेर ३० जना पत्रकारलाई एक लाखका दरले रकम समेत वितरण गरेका छौं । यस्तै, अहिले हामीले पत्रकारको दुर्घटना बीमा पनि गरेर दुर्घटनामा परेका पत्रकारहरूलाई राहत हुनेगरी रकम पनि वितरण गरिरहेको अवस्था छ । मैले यी कुरा स्मरण गर्दै गर्दा राजनीतिमा पनि रचनात्मक काम गर्नेछु भन्ने म आफैंलाई विश्वास भएका कारण सम्मानजनक रूपमा काम गर्ने प्रतिवद्वता जनाउँछु ।

राजनीतिमा तपाईंको आवश्यकता किन ?
मैले माथि पनि उल्लेखित गरिसकेको छु । अग्रजलाई सम्मान गर्दै उहाँहरूकै मार्गनिर्देशनमा राजनीतिमा अवसर खोजिरहेको छु । अहिले जसरी राजनीतिमा युवाहरूको चाम बढ्दो छ, त्यसरी नै म पनि यस क्षेत्रमा सम्भावना देखेका कारण मैले मेरो आवश्यकता महसुस गरेको हुँ । राजनीतिमा मेरो अभ्यास र साधनाले सकारात्मक काम गर्न सकिन्छ भन्ने महसुस गर्दै आवश्यकता देखेर अगाडि बढ्ने प्रयत्न गरिरहेको छु । आफूले काम गर्न सक्ने क्षेत्रमा अवसर खोज्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढ्दै गर्दा आवश्यकता महसुस गरेको हुँ ।

तपाईंले चुनाव जित्ने आधार के के हुन् ?
राजनीतिलाई समाजसेवाको रूपमा बुझेको छु । कतिपय मानिसहरू राजनीतिलाई व्यवसाय समेत बनाइरहेका छन् । १५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदा समाजमा नागरिकहरुको आवाजलाई सञ्चार माध्यममा प्रकाशन÷प्रसारण गर्दा खेलको भूमिका, नेपाली काँग्रेस निकट प्रेस यूनियन जिल्ला नेतृत्वमा रहेर पार्टीका लागि गरेको सहयोग साथै युवा पुस्तालाई रोजगारको अवसर सिर्जना गरेका कारण पनि मेरो धेरै मानिसहरूसँग निकटता छ । मैले गरेको विगतका कामको सफलता नै चुनाव जित्ने महत्वपूर्ण आधार छ । राजनीतिमा जित हार सामान्य कुरा हुन् । यही सामान्य भित्रको असामान्य कुरा चैं चुनावी मैदानमा होमिनु हो । अहिले म चुनावी मैदानमा छु, आशा छ क्षेत्र नं. २ का प्रतिनिधिहरूले सकारात्मक काम गर्नका लागि पहिलोपटक मनसँगै मत दिएर अवसर प्रदान गर्नुहुनेछ ।

अन्त्यमा केही ?
महाधिवेशन प्रतिनिधिमा खुल्लाबाट चार जना महिलासहित १० जना प्रतिनिधि छानिदैं हुनुहुन्छ । यसका लागि थुप्रै अग्रज तथा युवा साथीहरु चुनावी मैदानमा हुनुहुन्छ । पुरानो पुस्ता र अब्बल रूपमा राजनीति गरिरहनुभएका सवैलाई सधैं सम्मान छ । योसँगै राजनीतिमा सम्भावना देखेर अवसर खोज्नेहरूका लागि क्षेत्रीय प्रतिनिधिहरूले विश्वास गरेर मत दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु । म तपाईंहरूको नजरमा पर्छु भन्ने पूर्ण विश्वास छ । काम गर्नका लागि राजनीतिमा आएकोले मलाई मत दिएर मौका दिनुहोस् । मेरो राजनीतिक भविष्य तपाईंकै हातमा छ । तपाईंले सही निर्णय गर्नु नै हुनेछ ।

Tags: कांग्रेस महाधिवेशननिर्वाचननेपाली कांग्रेसपवन अधिकारीराजनीति

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
भोक्राहा नरसिंह १ र ८ नम्बर वडा कार्यालयको भवन शिलान्यास

भोक्राहा नरसिंह १ र ८ नम्बर वडा कार्यालयको भवन शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.