रामधुनी । सुनसरीको रामधुनीबाट नक्कली नाेटसहित एक व्यक्ति पक्राउ परेका छन् । रामधुनी नगरपालिका-१ हनुमान मन्दिरबाट नक्कली नोटसहित एक जना पक्राउ परेका हुन् ।
शनिबार दिउँसो २ बजे स्थानीय बिक्रम चौधौरीले सञ्चालन गरेको थारु कटेजमा स्थानीय ३७ वर्षिय रोशन चौधरीले खाजा खाएर तिरेकाे पैसा नक्कली रहेकाे थाहा भएकाे थियाे ।
नक्कली पैसा दिएकाे भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीको टोलीले ५०० दरका ३५ वटा नोटसहित चौधरीलाई नियन्त्रणमा लिएकाे थियाे ।
आवश्यक अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय पकली पठाएको उक्त कार्यालयले जनाएको छ ।