Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्रमा सालाले हत्या गरी फालेका थिए शव

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
30/05/2020
in FEATURE, स्थानीय
0
बराहक्षेत्रमा एक युवकको शव फेला
251
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र नगरपालिका ३ स्थित जमुना गाछीमा शुक्रबार मृत भेटिएका ३७ वर्षीय कमल राईको हत्या भएको अनुसन्धानबाट खुलेको छ । हत्या गरेको आरोपमा शुक्रबार नै ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धान गर्ने क्रममा ५ जनालाई शुक्रबारनै छाडिएको भरौल प्रहरी चौकीका प्रमुख बिनोद दाहालले बताए । दुई जनाले हत्या गरेको स्वीकारेका छन् ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

कमल राईको हत्या गर्ने बराहक्षेत्र ३ इक्राही बस्ने २२ वर्षीय सालो पर्ने गणेश लिम्बु र उनको साथी इक्राही नै बस्ने १९ वर्षीय प्रदीप राजधामीले गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।


गणेश लिम्बूले किन गरे हत्या ?

केही महिना अघि सालो पर्ने गणेशलाई मिलन चौकमा सामान्य कुटपिट गरेको विषय लिएर कमललाई मार्छु भनेर रिस लिएर मौका छोपेर बसेका लिम्बूले बिहीबार भने कमलले धेरै रक्सी सेवन गरेका थिए । पुनः लिम्बु र राजधामीसँग मिलेर रक्सी खाएर खेत तिर लगेको स्थानीयले देखेको प्रहरीकार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक शरण दाहालले बताए ।

हत्या गर्ने गणेश कमलको दोस्रो श्रीमतीमध्ये जेठीपट्टिको सानिमाको छोरा भएको उनले बताए । ‘सामान्य विषयमा साला भेनाबीच विवाद रहेछ,’ उनले भने, ‘त्यही रिसमा बिहीबार राति सँगै मदिरा सेवन गरेर सालोले अर्को एक साथीको मद्दत लिएर कमलको निर्मम हत्या गरेका हुन्’ ।

कमल राति ८ बजे एक्लै घर फर्किरहेको अवस्थामा गणेशले बाटोमा भेटाइ मदिरा सेवन गर्न लगेको र पछि ११ बजे जमुना गछीमा लगेर असारेको काठको लाठीले टाउको र अनुहारमा प्रहार गरी कमलको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाहालले बताए ।

गणेश र प्रदिपले नै कमलको हत्या गरी बराहक्षेत्र ३ जमुना गाछीमा नयाँ खोलिएको प्लटिङमा फालेको प्रहरी निष्कर्षमा पुगेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दुबैजनालाई लुकेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरेको हो । दुवै जनाले कमलको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी निरीक्षक दाहालले जानकारी दिए ।

सालो पर्ने गणेशले कुटपिट भए देखिनै कमलमाथि बदला लिने योजना बनाएको देखिएको प्रहरीको भनाइ छ । त्यस रात पनि पूर्व योजना अनुसार मदिरा सेवन गराई एकान्त ठाउँमा लगेर अनुहार नचिन्ने गरी लाठीले प्रहार गरी हत्या गरेको देखिएको छ ।

कमल झापा दमक बस्ने भए पनि पछिल्लो ६ महिनादेखि उनी ससुराली घर भरौलमा बस्दै आएका थिए । कमल ६ महिना अघि मात्र मदिरा ओसारपसार गरेको अभियोगमा जेलबाट निस्केर ससुरालीमा बस्दै आएको पाइएको छ ।

पक्राउ परेका दुबैलाई कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

Tags: बराहक्षेत्रशव फेलाहत्या

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
कोरोनाको तेस्रो संक्रमित भेटिए

थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.