सुरेन्द्र मेहता (इनरुवा) । भारतसँग सिमाना जोडिएको सुनसरीको हरिनगरा गाउँपालिकामा सशस्त्र प्रहरी र स्थानीयबीचको झडपमा गोली लागेर घाइते भएका १ युवकको आज उपचारको क्रममा मृत्यु भएको छ ।
हरिनगरा गाउँपालिका ७ घुस्कीस्थित दशगजा नजिक गत साउन २ गते सशस्त्र प्रहरीसँगको झडपमा गोली लागेर स्थानीय २१ वर्षीय साहवाज मियाँ घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा राखेर उपचारको क्रममा बिहीबार मृत्यु भएको हरिनगरा गाउँपालिका अध्यक्ष गफार अन्सारीले जानकारी दिए ।
मृतकका परिवारले क्षतिपूर्ति दिनुपर्ने र सहिद घोषणा गर्नुपर्ने माग राखेपछि स्थानीय प्रशासन गाउँपालिकाबीच सहमति भएको छ ।
हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीका अनुसार पीडितका परिवारलाई तत्काल गाउँपालिकाले राहत उपलब्ध गराउने सरकारले दिने १० लाख क्षतिपूर्ति दिलाउन गाउँपालिकाले पहल गर्ने गरि प्रमुख जिल्ला अधिकारी फडिन्द्र अधिकारी, एसपी कमल थापा, सशस्त्र प्रहरी गाउँपालिकाका प्रतिनीधि लगायत र पीडित परिवारबीच छलफल भएको थियो ।
सहमति गरी शव परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापाले जानकारी दिए ।