रामधुनी । रामधुनी नगरपालिकाको कार्यालयका थप एक कर्मचारीमा कोरोना संक्रमण भएको छ ।
नगरपालिकामा कार्यरत करिब ३० वर्षीय सब इन्जिनियरमा कोरोना संक्रमण भएको नगरपालिका स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले पुष्टि गरे ।
गत २५ साउनमा ५५ जनाको स्वाब संकलन गरी पाठाइएकोमा ५१ जनाको रिपोर्ट नेगेटिभ र एक जनाको पोजेटिभ आएको पौडेलले जानकारी दिए । उनका अनुसार अन्यको रिपोर्ट आउन बाँकी छ ।
मोरङघर भएका उनलाई घरमा वा आइसोलेसनमा राख्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
२५ गते पछाडि पनि ट्रेसिङका आधारमा थप एक सय जनाका स्वाब संकलन गरी धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको र सोको रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाका सूचना अधिकारी बसन्त मोतेले जानकारी दिए ।
यो सँगै रामधुनी नगरपालिकामा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । जसमा १० जना निको भएर घर फर्किसकेको पौडेलले बताए । यसअघि एक कर्मचारी, ४ नम्बर वडाका एक जनप्रतिनिधि, वडा नम्बर ७ का एक स्थानीय र क्वारेन्टाइनमा रहेका एक गरी ४ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।