रामधुनी । रामधुनी नगरपालिकामा थप एकजनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।
माेरंग घर भइ रामधुनी ३ मा बस्दै आएकी ३० वर्षीय महिलामा कोरोना संक्रमण भएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख समीम अंसारीले पुष्टि गरे ।
अंसारीका अनुसार गत २५ गते लिइएकाे ५५ जनाकाे स्वाबमा उनकाे समेत पाेजेटिभ आएकाे हाे । यस अघि बिहीबार नगरपालिकाकाे कार्यालयका एक सब इन्जिनियरमा काेराेना संक्रमण देखिएकाे थियाे ।
५५ जनामा ४ जनाका रिपाेर्ट आउन बाँकी रहेकाेमा तीन जनाकाे शुक्रबार आएकाे र त्यसमा साे महिलाकाे रिपाेर्ट भने पाेजेटिभ आएकाे अंसारीले जानकारी दिए । उनका अनुसार थप एककाे रिपाेर्ट आउन बाँकी नै छ ।
महिला रामधुनी ३ मा बस्ने र इटहरीमा काम गर्ने गरेकाे स्वस्थ्य शाखाले जनाएकाे छ ।
महिलालाई हरिनगर गाउँपालिकामा रहेकाे आइसाेलेसन सेन्टर लैजाने तयारी भइरहेकाे छ । यो सँगै रामधुनीमा संक्रमितको संख्या १६ पुगेको छ । जसमा १० जना निको भएर घर फर्किसकेको र बाँकीको उपचार भइरहेको छ ।