रामधुनी । दैनिक ज्यालादारीमा काम गरेर दैनिकी गुजारा गर्दै आउनेहरुलाई लामो समयको लकडाउनले समस्या परेको भन्दै रामधुनीका युवाहरुले नयाँ अभियान सुरु गरेका छन् ।
स्वतन्त्र रुपमा रामधुनी नगरका युवाहरुले झुम्कामा मंगलबार अभियान सुरु गरेका हुन् ।
कोभिड १९ को रोकथाम र संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनमा कतिपय परिवारलाई समस्या भएको भन्दै अभियान सुरु गरेको अभियानकर्ता मध्येका एक अभियानकर्ताले बताए ।
अभियानको पहिलो दिन झुम्काको कुबेर सपिंग सेन्टर अगाडि राखिएको स्टलबाट ९६ जनाले खाद्यान्न सामाग्री लिएर गएका छन् । त्यसैगरी अभियानकर्ताहरुका अनुसार सोही मात्रामा स्वतन्त्ररुपमा खाद्यान्न सहयोग गरेका छन् ।
हरेकदिन झुम्का तथा आसपासका विभिन्न ठाउँमा स्टल राखेर अभियान चलाउने उनीहरुको भनाइ छ ।