Thursday, April 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

लगातारको वर्षाले कृषिबालीमा ठूलाे क्षति पुगेपछि बराहक्षेत्रका कृषक चिन्तित

केही दिन अघि हालेकाे युरिया पानीले बगायाे

खबरबिट by खबरबिट
09/09/2020
in FEATURE, स्थानीय
0
लगातारको वर्षाले कृषिबालीमा ठूलाे क्षति पुगेपछि बराहक्षेत्रका कृषक चिन्तित
16
SHARES
406
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । गत २२ र २३ गते लगातार परेको वर्षाका कारण बराहक्षेत्रमा लगाइएको कृषिबालीमा ठूलो क्षति पुगेको छ ।

बराहक्षेत्र नगरपालिकाको कृषि शाखाले सो वर्षाले नगरपालिका भित्र एक सय बिघा जमिनमा लगाइएको कृषिबालीमा क्षति पुगेको जनाएकाे छ । साथै यो वर्ष ३० प्रतिशत उत्पादन घट्न सक्ने सम्भावना रहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

बराहक्षेत्र नगरपालिका वाड नम्बर २ मा रहेको चारकोशे वनक्षेत्रबाट बगेर आएको पानी धानखेतमा पस्दा नगरको वाड नम्बर ६, ७ र ८ मा बढी क्षति भएको कृषक ललित आचार्यले बताए ।

ठूलो वर्षाका कारण बराहक्षेत्र नगरपालिका जलमग्न बन्न पुगेको छ । वर्षाले ठूलो असर कृषि क्षेत्रमा परेको छ । वर्षाका कारण कृषियोग्य जमिनमा भीषण बाढीआई कटान गरेर धेरै जग्गा तथा कृषि बालिहरु बगाएको छ भने धेरै अन्नबाली डुबानमा परेको छ ।

विशेषगरी हाल धानको बाला लाग्न सुरु हुने सिजन भएकोको बेला बढी मात्रामा परेको पानीले धान खेतीलाई ठूलो असर गरेको कृषक शुशिला सिग्देलले बताइन् । त्यस्तै यसले दाल तथा विभिन्न तरकारी बालीमा पनि क्षति पुर्याएको छ । पोखरीमा पानी भरिँदा माछाहरु भागेको माछापालक कृषकहरुले बताए ।

पानी निकासको माध्यम नभएकोले यस्तो ठुलो असर पर्न गएको किसान ज्ञानबहादुर कट्वालको भनाइ छ । धान खेतिमा भर्खरैमात्रै कृषकहरुले युरीया मल लगाएको र यस बाढीले सम्पुर्ण मल बगाएकाले धान उब्जनीमा ठूलो गिरावट आउने कृषकहरुको अनुमान छ ।

क्षतिको न्युनीकरण गर्नका लागि बराहक्षेत्र नगरपालिकाले क्षतिको प्रकृति हेरी कृषकहरूलाई राहत दिनुपर्ने तथा आउँदा वर्षहरुमा यसवाट बच्न पानी निकासको बिकल्प खोज्नुपर्ने कृषि विज्ञको भनाइ छ । कृषकहरुले हाल बजारमा मल अभाव रहेकोको बेला वषार्ले धान खेतिमा हालेको मल बगाएकाले पुनः मल हाल्न पने भएकोले नगरपालिका समक्ष मल उपलब्ध गराउन कृषकले अनुरोध गरेका छन् ।

Tags: कृषककृषिबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.