बाँसको टाटिले बेरेको घर । वरिपरी ह्वाङ । भित्रबाट माथि हेरे आधा आकाश । यो घर मोरङको पथरी शनिश्चरे नगरपालिका वार्ड नं। ८ शुक्रबारेमा छ ।
त्यो घरमा बस्छिन्, वृद्धा तुम्मादेवी राई । उनको घर बस्न मिल्ने छैन । टाटीले बेरेको घरमा बस्न उनलाई पनि मन छैन । यस्तो घरमा बस्दाका पीडा उनले सुनाइन् । बाध्यताले बस्दैछिन् त्यो घरमा । उमेरमा नै कुष्ठ रोगले आफ्ना हातखुट्टा नचल्ने भएदेखी जिन्दगीमा बज्रपात पर्यो ।
जेठका आत्यास लाग्दो घामहरु गए । असारे झरी गयो । तर पनि तुम्मा देवि राईको जीवनका पाटा उस्तै रहे । ६४ बसन्त पार गरिसकेकी राईले जीवनमा धेरै दुख भोगिन् । उनको हात र खुट्ता त चल्छन् तर औंला भने कुष्ठरोगले झरेका छन् । छोरा राजधानीमा बसेर मजदुरी काम गर्छन् । उनको परिवार पनि राजधानि मै छ । निकै अघि श्रिमनको मृत्यु भयो । त्यसपछि भने झन् एक्लिइन् राई ।
‘राति लामखुट्टेले टोक्छ, निद्रा लाग्दैछ’ उनले पीडा पोखिन्, ‘उमेर हुँदै कुष्ठरोग लागेर हातखुट्टा चल्दैनन्’ । त्यसो त अचेल उनी आफ्नो घरमा बस्दिनन् । नजिकैको छिमेकिकोमा बस्छिन् । तर यो तत्कालको विकल्प मात्र हो । ‘दीर्घकालिन रुपमा बस्न पाए हुन्थ्यो’ उनी भन्छिन् । उनी सहयोगीको पर्खाइमा छिन् ।
जुट्दै सहयोग
अहिले नगरपालिकाकि उपमेयर यमुना बिस्ट बास्तोला र स्थानीय युवा नेता नबिनजङ कार्कीले उनलाई सहयोग जुटाएर भए पनि घर बनाइदिने पहल गर्दिने भएका छन् । दुवैले प्रतिवद्धता जनाइसकेका छन् । समाजमा बसेपछी मानवीय कर्तव्य हुनुपर्ने कार्की बताउँछन् । केही दिनअघि उनको अवस्था थाहापाएका कार्कीले खबरबिटसँग भने ‘वार्ड न ८ र समग्र गाउँमा जस्तोसुकै दुःखमा पनि म त्यहाँ पुग्छु ।’
घर निर्माणका लागि आवश्यक सामाग्राी केहि दिनमा नै उपलब्ध भइसक्ने र बाँकी काम यहि हप्ता सुरु गर्ने उपमेयर बिस्टले बताइन् ।