काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।
सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।
नेकपा सचिवालय बैठकबाट अमिक शेरचन (चितवन) सोमनाथ अधिकारी प्यासी (कास्की) तिलक परियार (बाके) धर्मनाथ यादव (सिरहा) विष्णु प्रसाई (झापा) गोविन्द कलौनी (डडेल्धुरा) र शर्मीला त्रिपाठी (काठमाडौं)
चितवनका शेरचन पूर्वउपप्रधानमन्त्री समेत हुन् । मन्त्रिपरिषद बैठकको सिफरिसमा आइतबार राष्ट्रपति कार्यालयले सबै प्रदेश प्रमुखलाई हटाइएको थियो ।