काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहाम्फेले राजीनामा दिने घोषणा गरेकी हुन् ।
‘प्रतिनिधिसभामा बहुमत प्राप्त दलले प्रतिनिधिसभामा नेतृत्वको दावा गरेको अवस्थामा सहजीकरणका लागि मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष निवेदन गर्न चाहन्छु ।’ उनले भनिन् ।
लगतै संसद सचिवालयमा राजीनामा पत्र दर्ता गराएकी छन् ।
सभामुखलाई सम्बोधन गर्दै उनले दिएको राजिनामा पत्रमा उनले संविधानको धारा ९१ को उपधारा ९६० र प्रतिनिधिसभा निमयावली २०७५ को नियम २११ को उपनियम ९१० बमोजिम आजैदेखि लागुहुनेगरी राजीनामा दिएको उल्लेख छ ।