निशान प्रकृति थारु, रामधुनी । सुनसरीको रामधुनी नगरपालिका १ मा अवस्थित करौडाैं मूल्य लागत निमार्ण भएको झुम्का बधशालाको समान चोरी भएको छ ।
बधशालामा प्रयोग हुने उपकरण, मेशीन औजार, लगायत झ्याल र ढोका समेत चोरी भएको हो । यति हुँदा समेत नगरपालिकाले भने कुनै पहल सुरु गरेको छैन ।
बधशालाका सामान मात्र हैन, पछिल्लो समय झुम्का बजारका सटरहरु फुटाएर चोरी भइरहेका घटना उत्तिनै छन् । लगातार एकपछि अर्को चोरीका घटना भइरहेपछि नरपालिकाले कुनै पहल नगर्दा आफ्नो व्यवसाय सुरक्षित नभएको व्यापारीहरु बताउँछन् ।
रामधुनीस्थित झुम्का बजार क्षेत्रमा करोडभन्दा बढी लगानीमा निर्माण भएको उक्त पशु बधशाला अहिले लथालिङ्ग अवस्थामा छ । मासु पसल व्यवस्थित गर्नका लागि पशु बधशाला सञ्चालनमा आएको भए पनि व्यवस्थित नहुँदा बधशाला अहिले लथालिङ्ग बन्न पुगेको हो ।
लाखौ मुल्य पर्ने उपकरण प्रयोग विहीन हुदाँ बधशालामा भएको अन्य उपकरणहरु पनि चोरी भइरहेको छ । झ्याल र ढोका नहुँदा भएको समान, उपकरणहरु चोरी हुने डर रहेको छ । अहिले पशु बाँध्ने खोरको रुपमा परिणत भएको छ ।
पशु बधशालाको सम्मान चोरी भएको रामधुनी नगरपालिका मेयर जयप्रकाश चौधरीले स्वीकार गरेका छन् । निरीक्षण गर्दा उपकरण लगायत अन्य समानहरु चोरी भएको छ, उनले भने, बधशाला लथालिङ अवस्थामो छ । म साह्रै दुःखी भएको छु ।
यसलाई समाधानका लागि छिट्टै समिति गठन गरेर समाधान गर्ने मेयर चौधरीले जानकारी दिएका छन् । सुनसरी जिल्ला भरीमा रामधुनीको झुम्का बजार खशीको मासु र माछाका लागि प्रख्यात रहेको छ ।