Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

नगर अस्पतालको नाममा रामधुनी नगरपालिकामा आर्थिक चलखेल भएको आरोप, समितिद्वारा संघर्षका कार्यक्रम घोषणा

खबरबिट by खबरबिट
26/11/2020
in FEATURE, मुख्य समाचार
0
नगर अस्पतालको नाममा रामधुनी नगरपालिकामा आर्थिक चलखेल भएको आरोप, समितिद्वारा संघर्षका कार्यक्रम घोषणा
17
SHARES
427
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । रामधुनी नगरपालिकाले नगर अस्पतालको नाममा आर्थिक चलखेलदेखि नीतिगत भ्रष्टचार गरेको आरोप लागेको छ ।

नगर अस्पताल स्वस्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई साँघुरो सोच विचार र स्थानमा लगेर निर्माण गर्नु आर्थिक चलखेलदेखि नीतिगत भ्रष्टचार भएको बुधबार झुम्कामा पत्रकार सम्मेलन गरी ढेडी गाउँ नगर अस्पताल बचाउ संघर्ष समिति रामधुनीले आरोप लगाएको हो ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

रामधुनी वडा नं. ६ को साविक बक्लौरी वडा नं. ७ (क) ८३ नंं. कित्ताको जग्गा पाँच बिगहा नौ कठ्ठा मध्ये तीन बिगहा जग्गामा प्राविधिक इष्टिमेटसहित नगरपालिकाको सिफारिस जनसंख्या तथा स्वास्थ्य मन्त्रालयमा गएको र नगर अस्पतालका लागियोजना स्वीकृत भई स्थिती सुझ–बुझ्कालागि समेत नगरपालिकामा पत्रचार हुँदा सो योजना पछिल्लो अवस्थामा नगरपालिकाले पल्टाएको समितिले जनाएको छ ।

सो जग्गामा बन्नु पर्ने अस्पतालका लागि नगरपालिकाका लागि स्वस्थ्य मन्त्रालयले बजेट स्वीकृत गरेपनि नगरपालिकाले सो निर्णय र अस्पताल निर्माण योजना तुहाएको समितिद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । एक ठाउँको जग्गा देखाएर बजेट स्वीकृत भएपछि अन्यत्रमा सारिनु र सो बजेट स्वास्थ्य चौकी स्तरोन्नतीका नाममा आर्थिक अनियमितता भएको विज्ञप्तीमा उल्लेख छ । ठूलो क्षेत्रफलमा नगर अस्पताल योजना तुहाउन मिति २०७५ श्रावण १६ गते रामधुनी नगरपालिकाको बैठकले ८३ नं. कित्ताकै जग्गा देखाएर बक्लौरी स्वस्थ्य केन्द्रको स्तर उन्नतीगरी १५ बेडको नगर अस्पताल बनाउने निर्णय गरिएको बिज्ञप्तीमा उल्लेख रहेको छ ।

नगरपालिकाले आफ्नै योजना उल्टायो : समिति अध्यक्ष चौधरी

बक्लौरी स्वास्थ्य चौकीको स्तरउन्नती हुनुपर्छ भन्ने मान्यतामा आफूहरु रहेको तर दीर्घकालिन सोचले अगाडि सारेको योजनामा नगरपालिकाबाट चलखेल हुँदा बाध्य रुपमा संघर्ष समिति गठन गर्नुपरेको संघर्ष समितिका अध्यक्ष प्रदिप चौधरीले बताए । चौधरीका अनुसार साँघुरो नपुग जग्गामा लगेर बनाउन लागेकाले भविष्यमा त्यसलाई विकास गर्न नसकिने र बेड संख्या बढाउन समेत कठिन हुन्छ । नगरले सुरुमा निर्णय गरेको तथा मन्त्रालयले स्वीकृत गरेको जग्गामा अस्पताल बनाए भोलिका दिनमा बेड संख्या समेत बढाउन सकिने चौधरीको भनाइ छ ।

नगरअस्पतालका लागि बक्लौरी अयोग्य

नगर अस्पतालका लागि १३ कठ्ठा न्युनतम मापदण्ड हुनुपर्ने व्यवस्था छ । तर बक्लौरी स्वास्थ्य केन्द्रको नाममा १२ कठ्ठा १७ धुर मात्र रहेको समितिले जनाएको छ । यस्तो अवस्थामा मापदण्ड नपुगी त्यँहा नगर अस्पतालका लागि अगावै स्वीकृति हुनु नीतिगत दुरुपयोग भएको समितिले आरोप लगाको हो । समितिका अनुसार नगरले मन्त्रालयमा पत्र पठाउँदाको ढेरिगाँउको जग्गामा अस्पताल बनाउने हो भने मापदण्ड समेत पुरा हुने समितिको ठहर छ । स्वीकृति भएको १४ महिना पछि नगरपालिकाले त्यँहा १ कठ्ठा १० धुर जगा खरिद गरी मापदण्ड पुर्याउनु रकममा चलखेल र अनियमिक्ता भएको समितिको आरोप छ ।

नगर अस्पताल निर्माणार्थ क्रमागत बजेट ३७ करोड रुपैयाँ रहेको सो मध्ये हालमा १८ करोड ६ लाख ८२ हजार रुपैयाा आएको छ । क्षेत्रफलको हिसाबले न्युनतम मापदण्ड मात्र रहेकोले अस्पतालकै सोच राख्ने हो भने न्युनतम मापदण्डमा संरचना नअट्ने दाबी गर्दै ३७ करोड रुपैयाँमा मिलेमतो भएको हुन सक्ने संघर्ष समिति संयोजक भरत नारायण चौधरीले आरोप लगाए ।

संघर्षका कार्यक्रम सार्वजनिक

पत्रकार सम्मेलन मार्फतनै समितिले संघर्षका कार्यक्रम घोषणा गरेको छ । मंसिर १२ गते नगरपालिका घेराउ तथा कोणसभा गर्ने लगायत मंसिर १५ गते कालो झण्डा देखाउँदै शान्तिपूर्ण बिरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख छ ।

अस्पतालमा रहने बिभिन्न वार्डहरु सहज रुपमा संचालन गर्न लगायत भविष्यमा बिस्तार गर्नु पर्ने अवस्था सिर्जना हुँदा नगर अस्पताल ढेडी गाउँको जग्गामा उपयुक्र्त रहने झुम्का स्थिती मेडिकल संचालक तथा स्वस्थ्य बिशेषज्ञ भुषण झाले बताए । सुबिधा सम्पन्न अस्पतालले नगरवासीमा स्वास्थ्य सुरक्षा, नगरमा आर्थिक गतिबिधि रहने, स्वस्थ्य क्षेत्रमा नमुनगर बन्न सक्ने भएकोले नगरपालिकाले ढेडी गाउँको जग्गामा बिचार गर्नु पर्ने सुझाव दिए ।

यसै विषयमा उच्च अदालत विराटनगरमा मुद्दा विचाराधिन रहेकोले अहिलेनै मापदण्ड विपरित रहेको स्थानमा शिलान्यास गर्न नहुने सामाजिक अभियान्ता रामबहादुर खड्काले सुझाव ब्यक्त गरे । बलजफती गर्न खोजे हुन सक्ने अवस्थाको जिम्मेवारी नगरपालिकाले लिनु पर्ने खड्काको चेतावनी रहेको छ ।

मन्त्रालयको निर्णय बमोजिम गरिएको हो : नगरप्रमुख चौधरी
रामधुनी नगर प्रमुख जयप्रकाश चौधरीका अनुसार मन्त्रालयको निर्णय बमोजिम कार्यन्वयन गर्न लागेको बताए । स्वस्थ्यचौकी स्तर उन्नतीका लागि मन्त्रालयबाटै निर्णय भएर आएको हुँदा सो को कार्यान्वयन गर्ने भनेर जानकारी दिए । यसैगरी उच्च अदालतमा परेको मुद्दा भवन सम्बन्धि रहेको थियो सो को फैसला भइसकेको र उनीहरुको निवेदन माग बमोजिम अदालतबाट अन्तरिम आदेश जारी गर्नु परेन भनेर फैसला भएको नगरप्रमुख चौधरीको भनाई रहेको छ ।

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
रामधुनी ८ मा पशु बीमा कार्यक्रम सुरु

रामधुनी ८ मा पशु बीमा कार्यक्रम सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.