Friday, November 14, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

स्थानीय तहमा खै दिगो विकास ?

खबरबिट by खबरबिट
21/06/2021
in FEATURE, विचार
0
स्थानीय तहमा खै दिगो विकास ?
20
SHARES
500
VIEWS
Share on FacebookShare on Twitter

करिब साढे चार वर्ष पहिले नेपालमा स्थानीय तहको चुनावी माहोल थियो । त्यस बेला हरेक नेपाली जनताहरुले अब सिंहदरबारको अधिकार आफ्नै गाँउमा आउने भयो र दिगो विकासका काम हुने भयो भन्ने सोचेका थिए । तर बिडम्बना केही स्थानीय तहहरुमा जनताको अपेक्षा अनुरुप काम भएपनि अधिकांश स्थानीय तहहरुमा निजि प्रयोजनको लागि गाडि खरिद, आफन्तहरुलाई जागिर लगाउने, जिम खाना, घण्टाघर, चरा सङ्ग्रालय, भ्यू टावर बनाउने र कर बढाएर जनताको ढाड सेक्ने जस्ता काम बाहेक अन्य विकासका काम भएको देखिँदैन ।

नेपाली जनताले गरिबि तथा भोकमरीको अन्त्य, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, भूमि समस्याको अन्त्य, कृषिमा आधुनिकीकरण, समतामुलक समाज निर्माण, विकास निर्माण जस्ता अन्य थुप्रै दीगो विकासका आयोजनाहरु होलान् भन्ने अपेक्षा गरेका थिए, अहिले पनि गरिरहेका छन् । तर स्थानीय होस् या केन्द्र सरकार यसलाई प्राथामिकतामा राखेका छैनन् । अपवादको रुपमा केही स्थानीय तह हुन सक्छन् जसले यसलाई प्राथामिकतामा राखे । आफ्ना वडा, गाउँ तथा नगरवासीका समस्या बुझे, उनीहरुको जीविकोपार्जन सुधारमा ध्यान दिए, दीगो विकासका काम सुरु गरे । तर बाँकी हेर्ने हो भने स्थानीय तहको निर्वाचन भएको ४ वर्ष पूरा भइसक्दा समेत यस किसिमका काम देखिएका छैनन् ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

कर तिर्न लाइन बस्नुपर्छ, ढिलो हुँदा जरिवाना तिर्नुपर्छ । एक मजदुर रिक्सावालाले कर नतिर्दा कराउने सरकारले एनसेलसँग कर उठाउन आनाकानी गर्छ । आफ्नो ठाउँको विकास गर्ने, भिजन भएको, जनताका समस्या बुझ्दै आएको र बुझ्न सक्ने वास्तवमै स्थानीय सरकार भएको महसुस गराउन सक्ने उमेद्वारलाई विजयी वनाउनुपर्ने हामी मतदाताहरुको जिम्मेवारी हो । जतिसुकै शिक्षित भएपनि अन्ततः पैसा होस् या अन्य सेवासुविधा नेपाली जनता बिकेर भोट गर्ने गर्दा आज यो अवस्था आएको । निर्वाचनमा जबसम्म हामीले असल नेता पहिचान गर्न सक्दैनौ तबसम्म हामीले माथीका हाम्रा अपेक्षाहरु पुरा हुनै सक्दैनन् ।

सामुदायिक हितभन्दा दलगत वा व्यक्तिगत हितमा लागे भने र यसमा जनता आफैसमेत सचेत हुन सकेनन् भने अब जोगाउने कोहि छैनन् ।प्राप्त अवसरहरु गुम्नेछन् । समग्र व्यवस्था नै असफल हुने छ । तर हामी आशावादी हुनुपर्दछ, विश्वव्यापीकरण, सूचना प्रविधिको विकास, चेतना स्तरको परिवर्तनले आज नेतृत्व भन्दा जनता दुई कदम अगाडि छन् ।

जनता मन्सुलिको भात खाएर बाकसमा भोट हाल्ने, नेता मार्सिको भात खाएर खल्तिमा नोट हाल्ने, अनि कसरी सम्भव हुन्छ त दिगो विकासका काम ? स्थानीय क्षेत्रको शान्तिसुरक्षा, विकाश एवम् प्रशासन स्थानीय क्षेत्रकै प्रतिनिधिद्वारा सञ्चालन गर्ने सरकारलाई स्थानीय सरकार भनिन्छ । स्थानीय सरकार स्थानीय संस्थाबाट गर्ने शासन हो, जसमा जनताबाट निर्वाचित जनप्रतिनिधि हुन्छन् । केन्द्रीय सकारको सामान्य नियन्त्रण र निर्देशन भए पनि तोकिएको विषयमा आफ्नो क्षेत्रभित्र स्थानीय सरकारको पूर्ण अधिकार र उत्तरदायित्व हुने गर्दछ । केन्द्रीय सरकारले समग्र देश र स्थानिय सरकारबीच समन्वय र नियन्त्रण गर्दछ भने स्थानीय सरकारले आफ्नो क्षेत्र भित्र समन्वय र नियन्त्रण गर्दछ । नेपालको संविधान अनुसार स्थानीय तह भन्नाले गाँउपालिका, नगरपालिका र प्रदेश सरकारलाई बुझिन्छ ।

स्थानीय नीकायको इतिहास
नेपालमा स्थानीय निकायको व्यवस्था लिच्छिवि काल र किराँत कालदेखि नै सुरु भएको पाइन्छ । जंगबहादुर राणाले ६९ प्रशासनिक इकाई बनाएका थिए । वीर शम्शेरले ३२ बनाए । बि.सं. २००६ सालमा गाउँ पञ्चायत ऐन आयो । २००७ सालको क्रान्ति कालमा १७१ गाउँ पञ्चायत गठन भएका थिए । गाउँ पञ्चायतका प्रवल पक्षर पदम शमशेर जबरा थिए । वि.सं २०१३ सालमा सात क्षेत्र ३२ जिल्ला र ७६ उपक्षेत्र कायम गरिएको थियो ।२०१७ सालमा श्री ५ महेन्द्र सरकारद्वारा संसदीय व्यवस्था भंग गरि निर्दलीय पञ्चायती व्यवस्था स्थापना गरेपछि १४ अञ्चल र ७५ जिल्ला स्थापित गरियो । पञ्चायती व्यवस्थाको सुरुवातपछि पुराना गढी, गोश्वारा खारेज गरिए । जिल्ला पञ्चायत, नगरपञ्चायत र गाँउ पञ्चायतलाई प्रशासकीय इकाइ कायम गरिएको थियो ।

२०४६ सालको जनआन्दोलनद्वारा पञ्चायती व्यवस्थाको अन्त्य भयो र बहुदलीय राजनीतिक व्यवस्थाको सुरुवात भयो । वि.सं. २०४७ सालको संविधानमा स्थानीय निकायको बारेमा कुनै कुरा उल्लेखित गरिएको थिएन तर २०४९ सालमा र २०५४ सालमा नेपालको प्रचलित कानुन अनुसार स्थानिय निकायको निर्वाचन सम्पन्न भयो । २०५४ सालको स्थानिय निकायको निर्वाचनमा ७५ जिल्ला विकास समिति र तिनका वडाहरुमा १ लाख ९८ हजार जनप्रतिनिधि निर्वाचित भए । वि.सं. २०५४ सालमा निर्वाचित स्थानिय निकायका प्रतिनिधिहरुको कार्यकाल २०५९ सालमा समाप्त भयो । नेपाल सरकार, मन्त्रिपरिषदको २०७३ फागुन २२ को स्थानीय तह पुनःसंरचनासम्बन्धि निर्णय फागुन २७ मा राजपत्रमा प्रकाशित भएपछि स्थानिय तहको व्यवस्था लागू भएको हो । यस अघि स्थानीय निकायमा रहेका गाविस र नगरपालिकाहरु स्थानिय तहमा परिवर्तन भएका हुन् । अहिले नेपालमा जम्मा ७५३ स्थानीय तह रहेको छ । जसमा ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाँउपालिका रहेको छ ।

नेपालमा स्थानीय निकायको व्यवस्था लिच्छवि कालदेखि सुरुवात भए पनि यसले जनताको चाहाना र आवश्यक्ता अनुसारको काम गरेको पाइएको छैन । आफ्नौ स्वार्थ पूरा गर्ने र कर बढाउने जस्ता कामदेखि बाहेक अन्य विकाश मुलक कामहरु भएको पाइएको छैन । कर लगाउनु राज्यको अधिकार हो भने जायज कर तिर्नु जनताको कर्तव्य हो तर विकाश र समृद्धिका लागि निमुखा जनताले जायज कर तिर्ने हो तर दुर्भाग्य यहाँ त फोहोर पानीमा लामखुट्टे जन्मे झै जन्मेका जनप्रतिनिधिहरु पाल्नको लागि जनतालाई अस्वभाविक कर तिर्न बाध्य पारिदै छ । जुन नेपाली जनताले महशुस गरिरहेको छन् । नेपाल जस्तो अविकशीत राष्ट्रमा स्थानिय तहको निकै आवश्यकता हुन्छ ।

किनभने जनतालाई राष्ट्रले दिने सेवा सुविधा र शुशासनको व्यवस्था स्थानीय तहबाट नै हुन्छ र स्थानीय नेतृत्वको विकास पनि हुन्छ । लोकतन्त्रको स्थानीयस्तरदेखिनै संस्थागत विकास गर्न र स्थानीय जनतामा राजनीतिको व्यवहारिक ज्ञान वृद्धि हुन्छ । स्थानीयस्तरको योजना व्यवस्थापन, पहिचान, तर्जुमा, कार्याान्वयन, अनुगमनमा स्थानीय निकायनै जिम्मेवार र जवाफदेही बनाउन र स्थानीय साधन श्रोत, सिप, प्रविधि, क्षमता एंवम अनुभवको अधिकतम परिचालन गर्न स्थानीय सरमारको निकै आवश्यक्ता रहेको छ । शासन व्यवस्थापनमा जनताको सहभागिता प्रवद्र्धन गर्नु पनि महत्व पूर्ण कुरा हो ।

कानुनमा स्थानीय सरकार
स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा १०२ अनुसार स्थानीय तहहरुको आफ्नो अधिकार क्षेत्र भित्रका विषयमा ऐन र सोको अधिनमा रहि नियम, निर्देशन, कार्यविधि र मापदण्ड कार्यावयनमा ल्याउन सक्ने व्यवस्था छ । स्थानिय तहको कार्यसम्पादन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउन आवश्यक ४० भन्दा बढी कानुनहरुको निर्माणमा स्थानीय तहले थप सक्रियता देखाउन जरुरी छ । नेपालको संविधान २०७२ को अनुसुचि ८ मा स्थानीय तहका एकल अधिकार सूची र अनुसूची ९ मा सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकार सूचिको व्यवस्था गरिएको छ । स्थानीय तहहरुलाई नेपालको संविधानले २१ वटा काम, कर्तव्य र अधिकार हरु प्रदान गरेको छ । सरकारका अङ्गहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको रुपमा गाँउ र नगर कार्यपालिका, गाउँ नगरसभा र न्यायिक समितिको व्यवस्था संविधानको धाराहरु क्रमशः २१४, २२१ र २१७ मा गरि पूर्ण सरकारको स्वरुप पालना गर्दै जनताको सबै भन्दा नजिकको सरकार र सुख दुःखको साथिको रुपमा स्थानीय सरकारले आफ्नो भूमिका निभाउनुपर्छ ।

अहिले विश्वव्यापी कोभिड १९ सङ्कटको बेलामा अक्सिजनसहितको आइसोलेसन व्यपस्थापन हास् वा तथ्याङ्क सङ्कलन, कन्ट्याक्ट ट्टेसिङ होस् वा राहत वितरण समग्र महामारिको व्यवस्थापनमा स्थानीय सरकारले फ्रन्टलाइनमा रहेर सबैभन्दा महत्वपूर्ण भूमिमा निर्वाह गर्ने अवस्था आएको छ । सङ्घीय सरकारले सुझबुझपूर्ण नेतृत्व लिँदै तिनै तहका सरकारलाई विश्वासमा लिएर समन्वयात्मक ढङ्गले काम गर्न सकोको भए समुदायस्तरमा कोरोना फैलिरहेको अहिलेको भयावह अवस्थामा पुग्नुपर्दैन थियो कि । धेरैजसो स्थानीय तह संघ र प्रदेशले दिने अनुदान कै भरमा चलेका छन् । आफ्नो आन्तरिक साधन स्रोतले कर्मचारिको तलब भत्ता जुटाउन पनि नसकिरहेको अवस्थाबाट विकाश निर्माण समेतलाई स्रोत जुटाउन सक्ने गरि आन्तरिक स्रोत बढाउनु चुनौतीको विषय हो । जनप्रतिनिधिमा रहेको जनताको जनमत र कर्मचारीमा रहेको विषय विज्ञता र अनुभवको संयोजन गरि अनुचित क्रयाकलापलाई रोक्दै विधिलाई संस्थागत गर्नु पनि चुनौतीको विषय रहेको छ ।

आर्थिक गतिविधिमा तिब्रता ल्याई सो जिम्मेवारी पूरा गर्नुपर्ने कार्यभार पनि अब स्थानिय सरकारको काँधमा आएको छ । राजस्व सङ्कलन र खर्च व्यवस्थापनलाई व्यवस्थित गर्न आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धि कानुनको अभाव छ । वित्तिय अनुशासन, जवाफदेहिता र पारदर्शिता प्रवद्धन हुने गरि आर्थिक कारोबार सञ्चालन गर्न तत्सबन्धि कानुन बनाई लागू गर्नुपर्ने छ । आर्थिक सहायताको नाममा कुनै कानुन र कार्यविधि बिना नै अनुत्पादक तथा वितरणमुखी खर्च गर्ने प्रवृदि बढेको महालेखा परीक्षकको प्रतिवेदन समेतले औल्याएको विषय हो ।

जनप्रतिनिधिहरु आफै स्वार्थ बाझिने गरि ठेक्कापट्टामा सहभागी भई ‘डोजराध्यक्ष’ हुने गरेको देखिएको छ । यस्ता क्रियाकलापले आर्थिक अनुशासन कायम हुन सकेको छैन । स्थानीय तहसम्मै अभूतपूर्व रुपमा सोझै स्रोत प्रप्त हुने, आफै कर लाउन पाइने, आफैले बनाएको कानुन बमोजिम बजेट निर्माण गर्न पाइने, आर्थिक, सामाजिक, सांस्कृतिक र व्यापारिक आदि गतिविधि सञ्चालन गर्न पाइने हुदाँ प्राप्त स्रोतको दुरुपयोग भई गाउँ गाउँ र टोल टोलमा भ्रष्टाचारको संक्रमण भुसको आगो सरि फैलिने डर छ । अहिले मेरि आमा रुनु र देश रित्तो हुनु भनेको तलकाट चुहिएको छैन, माथि बाट कुहिएको हो ।

स्थानीय तहहरु आर्थिक रुपमा अत्यन्तै असमान छन् । कमजोर स्थानीय तह प्रतिस्पर्धामा खरो गरि उत्रनुपर्ने बाध्यता छ । त्यो किसिमको दूर दृष्टि, सोच र व्यवहार राजनीतिमा नेतृत्वमा देखिनु आवश्यक छ । आजको नेपाली समाजले इमान्दार, कर्तव्यनिष्ठा र दूरदृष्टियुक्त नेतृत्व खोजेको छ । अब पनि स्थानीय तहका प्रतिनिधि इमान्दार, सक्षम, विकाश प्रेमी र जिम्मेवार हुन सकेनन् । सामुदायिक हितभन्दा दलगत वा व्यक्तिगत हितमा लागे भने र यसमा जनता आफैसमेत सचेत हुन सकेनन् भने अब जोगाउने कोहि छैनन् ।प्राप्त अवसरहरु गुम्नेछन् । समग्र व्यवस्था नै असफल हुने छ । तर हामी आशावादी हुनुपर्दछ, विश्वव्यापीकरण, सूचना प्रविधिको विकास, चेतना स्तरको परिवर्तनले आज नेतृत्व भन्दा जनता दुई कदम अगाडि छन् ।

राजनीतिको नामामा जनता ढाँट्ने, छलकपट गर्ने, उनीहरुको गरिबि र अशिक्षासँग खेल्ने, अन्धकारमा राखेर आफ्ना अभीष्ट पूरा गर्ने दिन अब गइसके । त्यस तर्फ सबै सचेत हुनुपर्दछ । सकरात्मक सोचका साथ अघि बढ्नुपर्छ । शिक्षा, स्वास्थ, दिगो विकास, रोजगारी लगायतका क्षेत्रमा सुधार गर्दै समग्र विकासका इट्टाहरु थप्नुपर्ने जिम्मेवारी अब हाम्रै काँधमा आएको छ ।

(लेखक इटहरी नमुना कलेजमा आमसञ्चार तथा पत्रकारिता अध्ययनररत छन् ।)

Tags: दिगो विकासविचारस्थानीय तह

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
साउन २६ गतेसम्मका लागि सुनसरी जिल्ला निषेधित क्षेत्र घोषणा

सुनसरीमा असार १४ गतेसम्म थपियो निषेधाज्ञा, अब दिउँसो १२ बजेसम्म सबै पसल खुल्ने (सूचनासहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.