Monday, December 15, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेस महाधिवेशन : यि हुन् इटहरीमा हेमकर्ण पौडेलले चुनाव जित्ने आधार

खबरबिट by खबरबिट
24/09/2021
in FEATURE, विचार
0
नेपाली कांग्रेस महाधिवेशन : यि हुन् इटहरीमा हेमकर्ण पौडेलले चुनाव जित्ने आधार
18
SHARES
439
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसको नगर अधिवेशन असोज ९ गते शनिबार हुँदैछ । निर्वाचनका लागि शुक्रबार उमेद्वारी दर्ता समेत भइसकेको छ । निर्वाचनको समय नजिकिँदै गर्दा इटहरी नगर अधिवेशनलक्षित चुनावी वातावरण तातिएको छ । यही क्रममा स्थानीय राजनीतिमा चासो राख्नेहरूमाझ ‘अब इटहरी काङ्ग्रेसको नेतृत्वमा कसले बाजी मार्ला ?’ भन्ने जिज्ञासा उत्तिकै चुलिएको छ । केन्द्रमा देखिएको संस्थापन र संस्थापनइतर गरी दुई गुटको भुइँ तह आ–आफ्नो तरिकाले पार्टी ‘कब्जा’ गर्ने रणनीतिमा लागेका छन् ।

इटहरी नगर सभापतिमा हेमकर्ण पौडेल र विकास केसी बीच प्रतिस्पर्धा हुँदैछ । इटहरीमा २० वडा छन् र ती वडाका वडा सभापति, क्षेत्रीय प्रतिनिधि गरी चार सय ८१ मतदाता छन्, जसमध्ये धेरैको आँकलन हेमकर्ण पौडेलको पक्षमा बहुमत रहेको भन्ने छ ।
इटहरीलाई पहिचान दिलाउन सक्ने क्षमता भएको, राजनीतिक अभ्यास पुगेको व्यक्तिको रुपमा पनि पौडेललाई लिन सकिन्छ । धेरै अग्रज कांग्रेस नेताहरुले पौडेल जत्तिको विश्वसनीय नेतृत्व क्षमता अरूको नदेखिएको बताउँछन् ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

इटहरीमा झन्डै शून्यको अवस्थामा रहेको काङ्ग्रेसलाई आजको क्रेजपूर्ण अवस्थामा ल्याउने व्यक्ति, सर्वदलीय सरकार भएका बेला काम देखाएर जनताको मन जितेको व्यक्ति, इटहरीमा युवादेखि पुरानो पुस्ताका काङ्ग्रेसीले समेत मन पराएको व्यक्तिलाई नै इटहरी काङ्ग्रेसमा नेतृत्व गर्ने हक हुन्छ ।
अघिल्लो स्थानीय निर्वाचनमा हेमकर्णले टिकट नपाउँदा कार्यकर्ताहरू खुला विरोध प्रदर्शनमा समेत उत्रिएका थिए । यसबाट पनि पौडेल सबैले चाहेका नेता भन्ने बुझ्न सकिन्छ । यसपटक अपेक्षाविपरीत भए इटहरी काङ्ग्रेसको एउटा ठूलो तप्का निराश हुनेछ, जसको ठाडो असर आगामी स्थानीय निर्वाचनमा पर्ने आम नेताको बुझाई छ ।

अधिकांश युवाहरु पार्टीमा नेतृत्व परिवर्तन मात्र नभएर पार्टी रुपान्तरणर र विकास नै गर्नुपर्ने तर्क गर्न थालेका छन् । मास वेस पार्टीको रुपमा रहेको नेपाली काँग्रेसको इटहरी उपमहानगरपालिका समितिमा नेतृत्व गर्न युवाहरु तम्सिएका छन् तर पनि इटहरीको २० वटै वडाबाट निर्वाचित भएर आएका क्षेत्रीय प्रतिनिधीहरुको भने चाहाना र माग भने पृथक पाउन सकिन्छ ।

इटहरीका सबै वडामा गएर वडाका अगुवा नेता कार्यकर्तारुसँग गरिएको मत सर्वेक्षणले पनि पौडेल नै सभापतिका लागि योग्य र आवश्यक नेता रहेको प्रतिक्रिया आएको थियो । ६४ सालको संविधानसभा निर्वाचनमा चौथो शक्तिको रुपमा रहेको काँग्रेसलाई कम्युनिष्टको उर्वर भुमिमा निकट विजयी बनाउन भुमिका खेल्नेलाई पुनः एकपटक नेतृत्व दिनुपर्ने आवाज उठ्न थालेको छ ।
यसको अर्थ प्राय सबै वडाहरुमा काँग्रेसको अहिलेको संगठन इटहरी सभापति पौडेलको मेहनत र रणनीतिले बनेको हुनाले पार्टीलाई स्थानीय तहमा निर्वाचित गराउन पुनः एकपटक पौडेलले नै नगर सभापतिमा आउनु पर्न उनीहरुको माग छ । यद्यपी गत स्थानीय निर्वाचनमा ११ वटा वडा जितेर पनि झिनो मतान्तरले मेयर उपमेयरमा पराजित भएको काँग्रेसले आगामी दिनमा स्थानीय सरकार बनाउन वर्तमान नेतृत्वको कार्यभार कायम गरेर पाटीलाई अघि बढाउन वर्तमान नगर सभापति नै अघि सनुपर्ने हुन्छ ।

कुनै बेला इटहरीमा शिला खोजेझै खोज्नुपर्ने काँग्रेस वर्तमान सभापतिको नेतृत्वमा इटहरीमा निकट विजयीको हैसियतमा पुगेकाले काँग्रेसलाई स्थानीय तहमा विजयी नगराउन्जेल पौडेलले नगर सभापतिबाट विश्राम लिन हुँदैन ।

को हुन हेमकर्ण पौडेल ?
वि.सं. २०३५ सालमा झापाको केरोबारीमा पौडेल जब २०४६ सालमा सपरिवार इटहरी बसाई सरे त्यही समयदेखि उनी इटहरीको भुगोल र रहनसहन सँग परिचत छन् । इटहरीका रैथाने बनीसकेको पौडेलले काँग्रेसका नाममा किर्तिमान कायम गर्ने नेतामा पर्छन् ।

सँधै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु जित्ने जनता बहुमुखी क्याम्पसमा नेवि संघको तर्फबाट स्ववियु सभापति जितेका पौडेलले काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको जिल्ला सचिवसम्म भएर काम गरे । समय सापेक्ष घटनाक्रम र विषयवस्तुमा प्रखर भाषण गर्ने र कुशल वक्ताको रुपमा परिचय बनाएका पौडेलले पार्टीको इटहरी नगर सदस्य हुँदै २ कार्यकाल सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् । इटहरीका ग्रामिण वस्ती वस्तीमा केटाकेटी देखि,युवा, प्रौढ र ज्येष्ठ नागरिकहरु माझ लोकप्रिय बनेका हेमकर्ण आफनो दैलोमा उपचार, रोजीरोटी र विभिन्न समस्या परेर सहयोग माग्न पुग्ने कसैलाई खाली हात नपठाउने स्वभावकै कारण पौडेलको लोकप्रियता तथा माग बढ्ेको अधिकांश अगुवा नेता कार्यकर्ता बताउँछन् ।

मानवताका मामिलामा पार्टी नहेरी निस्वार्थ जनताको सेवामा सर्मपित भएकै कारण पौडेल सबै उमेर समुहमा लोकप्रिय भएको हेमकर्ण सर्मथक नेता कार्यकर्ताको बुझाई छ । पार्टीमा मात्र नभएर अन्तरपार्टी सम्बन्ध तथा समन्वयमा समेत सालिन र प्रभावशाली देखिएकाले पौडेलको विकल्प नभएको कार्यकर्ताहरुको दाबी छ ।

आफ्नो निवासमा नियमित विभिन्न सहयोग माग गर्दै पुग्ने जो कोहीलाई कुनै न कुनै सहयोग गरी कार्यकर्ता संरक्षण गर्ने चरित्रकै कारण पौडेल प्रतिको कार्यकर्ताको क्रेज दिनप्रतिदिन बढ्दो छ । पार्टीलाई रुपान्तरण गर्दै युवा वर्गलाई नेतृत्वमा पुर्याउन अझ पनि नगर सभापति पौडेलको विकल्प नभएको बुझाई कार्यकर्ताको रहेको नतिजा मत सर्वेक्षणले देखाएको छ ।

इटहरी काँग्रेसको नेतृत्वको वागडोर लिन नेताहरुबीच दौडधुप चलिरहँदा कार्यकर्ताको माग र भावना बमोजिम सभापति पौडेल र अन्य आकांक्षी नेता अघि बढ्छन् बढदैनन् त्यो भने भविष्यले निर्धारण गर्नेछ ।

कांग्रेस नेताहरु के भन्छन् ?
पूर्वनगर सभापति मेदनीप्रसाद सिटौला स्थानीय चुनाव मुखमै रहेकाले समय बिताएर भइरहेको पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा, मनमुटाव भन्दा पनि मिलेर जानुको विकल्प नरहेको बताउँछन् । त्यसै संवेदनशीलतालाई ध्यानमा राखी आफूहरूले इटहरी नगरको नेतृत्वमा मिलाएर लाने प्रयास गरेको उल्लेख गदै सिटौलाले भने, ‘अघिल्लो स्थानीय निर्वाचनमा हेमकर्ण पौडेलको टिकट खोसिएको चित्त दुखाइलाई सम्बोधन गर्न हामीले पौडेललाई क्षेत्रमा व्यवस्थापन र नगरमा टिकट सुनिश्चित गरिदिन आग्रह र्गयौँ । तर क्षेत्रमा कसैलाई आश्वासन दिइसकिएकाले हो कि किन हो, हाम्रो भनाइ माथिबाट सुनुवाइ भएन । कार्यकर्ता तहबाटै छिनोफानो हुनुपर्ने भयो ।’

पूर्वनगर सभापति वीरेन्द्र कार्कीले आगामी स्थानीय चुनावमा इटहरीमा काङ्ग्रेस स्थापित गर्नसक्ने क्षमता भएको र जनताको जानकारीमा रहेको व्यक्तिले नगर काङ्ग्रेसको नेतृत्व गर्न पाउनुपर्ने धारणा छ । उनले भने, ‘हेमकर्णकै नेतृत्वमा इटहरीमा काङ्ग्रेस अहिलेको उत्कर्ष अवस्थामा आएको जगजाहेर छ । यस अर्थमा नगरमा उनको दाबी स्वाभाविक हुन्छ । तर विकाम केसीले राजनीतिक नेतृत्व विकास गर्ने अवसर पाइनँ भन्नु पनि नाजायज होइन, यसको निरुपण केन्द्रले गर्न सकेन, अब कार्यकर्ताले गर्नेछन् । तर अहिलेको हानथापले काङ्ग्रेसमा मनमुटाव चुलियो र त्यसको असरले आगामी स्थानीय निर्वाचनमा काङ्ग्रेसले इटहरी गुमायो, यसअघि स्थानीय निर्वाचनका बेला देखिएको जस्तो गल्ती दोहोरियो भने त्यो दुर्भाग्य हुनेछ ।’

नेपाली काङ्ग्रेस सुनसरी, प्रदेश २ (क)का सभापति रमेश पोखरेल हेमकर्ण पौडेल चार सय ८१ मतमध्ये दुई बराबरी गर्दा ६५ भन्दा बढी मतले अगाडि रहेको आँकलन गर्छन् । ‘इटहरीमा क्षेत्रीय प्रतिनिधि जित्नेमा निरन्तर गाछीछापवालाहरू धेरै भएकाले गणितीय हिसाबमा पनि पौडेल अगाडि रहेको देखिन्छ,’ पोखरेलले भने, ‘बस्नेतजीले वारेसमार्फत उम्मेदवारी दिए पनि उहाँको पक्षमा खुलेर लाग्ने १०–१५ जनाभन्दा बढी छैनन् । उहाँ उठे पनि हेमकर्णलाई फरक पर्दैन ।’

महासमिति सदस्य तथा इटहरी काङ्ग्रेसका सहसभापति कोविद कार्की पनि हेमकर्ण जित्नुपर्ने पक्षमा छन् । ‘नगरमा काङ्ग्रेसको मनोबल बढाउने व्यक्तिलाई स्थानीय सरकारको कार्यकारी भूमिकामा स्थापित नगरेसम्म हामी थाक्दैनौँ,’ कार्कीले भने, ‘काम गर्ने मान्छेले ठाउँ पाउनुपर्छ, त्यसैमा इटहरी काङ्ग्रेसको जित हुनेछ ।’

पौडेलको उद्देश्य कांग्रेसलाई गरिबको पार्टी, समावेशी जनजाती, आदिवासी, थारु, मधेसी, मुस्लिम, दलितको पार्टी, आवाजबिहिनहरुको पार्टी बनाउनु हो । पौडेलको पहिलो राजनीतिक एजेण्डा इटहरीमा कांग्रेसलाई पहिलो पार्टी बनाउनु हो ।

Tags: इटहरीकांग्रेस महाधिवेशनहेमकर्ण पाैडेल

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
रामधुनी नगर सभापतिमा सुदीप अधिकारीको उम्मेदवारी घोषणा, भन्छन्- ‘पार्टीलाई बलियाे बनाउन लागिपर्छु’

नेपाली कांग्रेस रामधुनी नगरसभापतिमा सुदीप अधिकारी विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.