रामधुनी । रामधुनी नगरपालिकाको सभापतिमा पुनः सुदीप अधिकारी विजयी भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेश अन्तरगत नगर सभापतिका लागि भएको निर्वाचनमा अधिकारीले एक सय तीन मत प्राप्त गर्दै विजयी भएका हुन् ।
शनिबार सुनसरी मोरंग सिँचाई आयोजनाको कार्यालय झुम्कामा निर्वाचन भएको थियो । निर्वाचनमा कुल एक सय ९० मत खसेको थियो । अन्य दुई प्रतिस्पर्धी दिलकुमार राई (दिलु) र सगेन चौधरी पराजित भएका छन् ।
अधिकारी वर्तमान नगरसभापति समेत हुन् ।