काठमाडौं । काठमाडौं उपत्यकामा ३१ सहित देशभर थप २४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
जसमा काठमाडौंका २२, ललिपुरका ८ र भक्तपुरका १ रहेका छन् ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ भने निको हुनेको संख्या १४ हजार ६०३ पुगेको छ ।