गीतकार दुर्गाप्रसाद कडरियाले क्या राम्री देखिया छु तीज गीत सार्वजनिक गरेका छन् ।
नेपाल आइडलमा निकै नै चर्चा कामाउन सफल सज्जा चौलागाईको आवाज रहेको गीतको भिडियो कडरियाले आफ्नै अफिसियल युटुब च्यालन मार्फत केही दिन अघि सार्वजनिक गरेका हुन् ।
गीतमा शाहस शाक्यको संगीत संयोजन रहेको छ । भने सिएल शर्माको संगीत रहेको छ । यस गीत गुञ्जन रेकड़िंग स्टुडियोमा तयार गरिएको थियो ।
गीतको भिडियोलाइ निर्देशन बिक्रम चुहानले गरेका हुन् । भिडियोमा कलाकारहरुमा बिक्रम चुहान र टिका जैसी रहेका छन्।
गीतकार कडरियाले यो भन्दा अगाडि पनि निकै गीतहरु बजारमा ल्याई सकेका छन्। यस गीतको अफिसियल मिडिया पार्टनरमा सोच खबर रहेको छ ।