सोलुखुम्बु । जिल्लाको माप्या दुधकोशी गाउँपालिका-१ की १९ वर्षीया अरुणा राईको भिरबाट लडेर मृत्यु भएको छ ।
मंगलबार दिउँसो १ बजे घाँस काट्न भनी गएकी राईको भिरबाट लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया तथा थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।