मोरङ । बेलवारी नगरपालिका-३ लोहन्द्रा पुल मुनी एक पुरूषको शव फेला परेको छ ।
नाम थर नखुलेको अन्दाजी ६० वर्षीय पुरुषको शव मंगलबार दिउँसो फेला परेको हो । खोलाको बीचमा मानिसको शव रहेको भन्ने जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी घटनास्थलमा गएको थियो । खटिएको प्रहरी टोलिले मृतकको कानूनी प्रकृया पूरा गरी शव परीक्षणको लागि मंगलबारे अस्पताल पठाएको छ ।
अन्य थप अनुसन्धान भइरहेको उक्त इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।