उदयपुर । त्रियुगा नगरपालिका-८ का २७ वर्षीय सत्य सदा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।
उनले गत २५ गते राति ९ बजे एक १५ वर्षीया बालिकालाई बिवाह गर्छु भनी ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने पीडित बालिकाको आमाले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले मैगलबार बिहान सदालाई पक्राउ गरेको हो ।
पक्राउ परेका सदाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।