सुनसरी । जिल्लाकाे गढी गाउँपालिका-२ का ५२ वर्षीय थुवा भनिने भुमीसुधार माझीको आगलागीमा परी मृत्यु भएको छ ।
टाटीको बेरा, फुसको छानो भएको घरमा एक्लै सुतेका माझीको घरमा शुक्रबार बिहान राति करिब १ बजे अचानक आगलागी हुँदा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
घटनास्थलमा थप अनुसन्धानको लागि इलाका प्रहरी दुहवीबाट प्रहरी टोली खटि गई अनुसन्धान जारी रहेको उक्त कार्यालयले नाएको छ ।