झापा । अर्जुनधारा नगरपालिका ९ गोलधाप बस्ने २२ वर्षीय बसन्त धिमालको करेन्ट लागेर मृत्यु भएको छ ।
बुधबार राति पौने ९ बजेको समयमा रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।