सुनसरी । सुनसरीको दुहवी नगरपालिका ९ मा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
छातावेली बस्ने लक्ष्मण चौधरीको ३ वर्षीय छोरा राजन चौधरीको पोखरीमा डुबेर मृत्यु भएको हाे । घर छेउमै खेल्दा खेल्दै हराएका बालकको खोजतलास गर्ने क्रममा बिहीबार राति १० बजे घर नजिकै रहेको पोखरीमा डुबिरहेको अवस्थामा फेला परेका थिए ।
तत्काल उद्धार गरी उपचारका लागि बिराट मेडिकल कलेज लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।
बाटोमा नै मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै सीआरभी सोनापुर तथा इलाका प्रहरी कार्यालय दुहवीबाट प्रहरी टोलीले खटि गई अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।