सुनसरी । बराहक्षेत्र ३ नडाहामा शनिबार साझा पार्टीले परिचयात्मक कार्यक्रम गरेको छ । कतारका संयोजक गणेश कार्कीको पहलमा सो कार्यक्रम भएको हो ।
चतरा लगायतका केही युवाहरु साझा पार्टीमा आस्था राख्नेहरुबीच संगठन बिस्तार गर्न पहिलो पटक साझा पार्टीले यस क्षेत्रमा परिचयात्मक कार्यक्रम राखेको कार्यक्रम संयोजक गणेश कार्कीले बताए । पार्टीका नेताहरुले अहिले देश चलेको तर बन्न नसकेको बताए ।
अहिलेसम्म धेरै पार्टीका नेताहरुले देश मात्र चलाए चलाएको तर देश बनाउन नसकेको बताए । उनीहरुले अब बिकल्प खोज्नु पर्नेमा जोड दिए ।पार्टीहरु मध्ये अहिलेसम्मको सबै भन्दा राम्रो एजेन्डा समेत साझा पार्टीमा रहेको नेताहरुले कार्यक्रममा बताए ।
अब युवाहरुले मात्र देशलाई विकासको दौड्मा लैजान सक्ने धरानका आगामी उपनिर्वाचनका धरानका मेयर पदका उमेदवार राजन श्रेष्ठ बताए ।
सुनसरी जिल्ला संयोजक राम गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा साझा पार्टी युवा संगठनका केन्द्रीय सदस्य जिनत राई, धरान उपमहानगरका संयोजक सुदन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।