काठमाडौं । राई इज किङ अर्थात चर्चित गायक राजेश पायल राईले द भ्याइस अफ नेपालबाट बाहिरिएकी वैशाली लामालाई साथ दिने भएका छन् ।
द भ्वाइस अफ नेपालको नकआउट चरणको शनिबारको सोबाट बाहिरिएको लामालाई सामाजिक सञ्जालमा मार्फत युगल गीत गाउने बताएका हुन् । सांगतिक कार्यक्रमको शिलशिलामा दुई महिनादेखि विदेश रहेको गायक राईले नेपाल चाँडै फर्किन्न लागेको बताउँदै नेपाल आएपछि गीत गाउन चाहेको लेखेका छन् ।
उनले वैशाली लामा बाहिरिन्दै गर्दा बोलेको भिडियो सेयर गर्दे लेखेका छन्,‘द भ्वाइस अफ नेपाल आज हेर्ने मौका मिल्यो म नेपाल चाँडै आउँदैछु, उनिसँग अवसर मिले युगल गीत सेयर गर्नेछु ।’
यस्तै उनले ‘द भ्वााइस अफ इन्डिया’को सिजन २ को ब्याटल राउन्डमा लामाले गाएको गीत समेत सेयर गरेका छन् । दार्जि्लिङको लामा ‘द भ्याइस अफ इन्डिया’को सिजन २ मा तेस्रो चरणसम्म पुगेकी थिइन् ।
‘द भ्वाइस अफ नेपाल’मा कोच राजु लामाको टिममा रहेको उनी नकआउट चरणबाट बाहिरिएकी हुन् । नककाउट चरणमा उनीसहित दार्जिलिङका आंकाक्षा थापा र सिकिम्मका गिता शर्मा प्रतिष्पर्धामा थिए । कोच राजुले लाइभ राउण्डका लागि गिता शर्मालाई अगाडि बढाएका थिए ।
उनीहरुको प्रस्तुतिपछि उनलाई कोच दिप श्रेष्ठ मन पराएको थिए । उनले बाहिरिएपछि ‘भ्याइस अफ नेपाल’ आफनो सांगतिक क्षेत्रमा पुनरागमन भएको बताएकी थिइन् ।