झापा । अर्जुनधारा नगरपालिका ३ कैजेरे बस्ने ५६ वर्षीय खम्बबहादुर सेन्चुरीको करेन्ट लागेर मृत्यु भएको छ ।
बिहीबार दिउँसो २ बजे आफ्नै घरको बिद्युतको तार सर्ट भई बनाउने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएका सेन्चुरीलाई उपचारको लागि शनिश्चरेको शंकर अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटि गई अन्य थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ।