संगम बिष्ट, सुनसरी । धरान उपमहानगरकालागि कांग्रेसका मेयरका उमेदवार तिलक राईले यसपालीको चुनावमा धराने जनता परिवर्तनको पक्षमा रहेको बताएका छन् ।
कांग्रेसबाट मेयरको प्रत्यासी राईले सबै पक्षबाट धरान सम्पन भए पनि २० वर्षयता धरानको विकास स्थिर भएका कारण धरानबासि परिवर्तनको पक्षमा रहेको दाबी गरेका छन्। राईले भने अपत्यक्ष रुपमा कम्युनिस्टका बरिस्ठ नेताले समेत मलाई सहयोग गर्ने प्रतिबद्धता जाहेय गरेका छन् ।
बुधबार धरान १८ मा आयोजित घरदैलौ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राईले धरान यतिबेला जमेको पानी जस्तै रहेको बताए । ‘जमेको पानि नकहिले घट्छ न त बढ्छ, जमेको पानि न खान मिल्छ, न त सिँचाइ गर्न,’ उनले भने, ‘हात धुयो भने पनि विषको काम गर्छ ।’ उनले धरानको विकास र निकासका लागि निर्वाचनपछि कांग्रेसले काम गर्ने बताए ।
धरानमा खानेपानी, बसपार्कको आवश्यकता रहेपनि यहाँबाट निर्वाचित कम्युनिस्ट संसादले धरानका लागि केही काम नगरेको उनको आरोप थियो ।
धराने जनताले यसपालीको निर्वाचनमा कांग्रेसप्रति देखाएको झुकावले धरानबासी परिवर्तनको पक्षमा रहेको प्रष्ट भएको राईको तर्क थियो । राईले धरानको विकासमा गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुजता कोइरलाको योगदानका चर्चा गर्दै कांग्रेस धरानको विकासको सम्भाहक बनेको दाबी गरे ।