Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

भुटाहामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

नसीम राज अन्सारी by नसीम राज अन्सारी
17/11/2019
in प्रदेश खबर
0
भुटाहामा बृहत रक्तदान कार्यक्रम सम्पन्न
130
SHARES
680
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । जिल्लाको हरिनगर गाउँपालिका भुटाहामा ‘रक्तदान जीवनदान’ भन्ने मुल नाराका साथ वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक विकासका लागि एेकबद्धता नेपाल (एलाइन्स नेपाल) को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखा धरानको संयोजनमा रक्तदान कार्यक्रम भएको हो ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

हरिनगर गाउँपालिका भरिका प्राथमिक स्वास्थ्य केन्द्रका टिम लगायत गोल्डेन सन ट्राभल्स एण्ड टुर्स प्रा. लि.का अरसद अन्सारी, हरिनगर गाउँपालिका मेलमिलाप संयोजक अलाउद्दीन अन्सारी, फिरोज सिद्दिकी, मोलाना सहाबुदीन अन्सारी, सुनिल कुमार साह, भोला प्रसाद गुप्ता, अमर जैन,जियाउदिन अन्सारी, ठिक्दार अलाउद्दीन अन्सारी, व्यापारी प्रमोद मेहताको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

बिहान ७ बजे सुरु भएको रक्तदान दिउँसो ११ बजेसम्म सञ्चालन भएको थियो । रक्तदान कार्यक्रममा ३६ जनाले रगत दान गरेको सामाजिक विकासका लागि एकबद्धता नेपाल संस्थाको अध्यक्ष नइम अन्सारीले जानकारी दिए ।

सो कार्यक्रममा प्रमुख अथिति सुनसरी क्षेत्र नं. ४ ख का प्रदेश सांसद हाजि ताहिर अन्सारी, विशेष अथिति हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी एवम् गाउँपालिका उपाध्यक्ष रिमझिम भगत, अथितिहरु भुटाहा शसस्त्र प्रहरी बलका प्रमुख सुमन बुराथोकी, भुटाहा प्रहरी चौकीका प्रमुख उदेय प्रसाद कटेल, १ नम्बर वडा अध्यक्ष अबदुल लतिफ अन्सारी, कार्यपालिका सदस्य सुशील कुमार ठाकुर, ६ नम्बर वडा सचिव शमिम अन्सारी, नेपाली कांग्रेस हरिनगर गाउँपालिका सभापति शिवहरि श्रेष्ठलगायत थिए ।

त्यसै गरी कार्यक्रममा हरिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रकाश थापा मगर, नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखा कोषाअध्यक्ष विष्णु मंडल, समाजसेवी तथा युवा नेता अकिल अन्सारी, बसन्तपुर गाविस पूर्वअध्यक्ष सिगमलाल यादव, जय प्रकाश साह, नेपाल पिछडावर्ग (ओबिसी) महासंघ केन्द्रीय सदस्य इलियास हजाम, प्रदेश नं. १ का अध्यक्ष कृष्ण प्रसाद मेहता, कांग्रेस भुटाहा सभापति सराजुद्दीन अन्सारीलगायत थिए ।

प्रदेश नम्बर १ का विभिन्न अस्पतालहरुमा हुने रगत अभावलाई न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखा धरानसँगको साझेदारीमा संस्थाले मिलेर रक्तदान कार्यक्रम गरिएको सुनसरी जिल्लाको इनरुवा देखि दक्षिण भेगमा बसेर सक्रिय पत्रकारिता गरिरहेका पत्रकार तथा रक्तदान कार्यक्रमका अध्यक्ष नसीम अन्सारीले जानकारी दिए ।

Tags: रक्तदानसुनसरी

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
गोलनेपालमार्फत संकलित रकम बराहक्षेत्रका घाइते खेलाडी राईलाई हस्तान्तरण

गोलनेपालमार्फत संकलित रकम बराहक्षेत्रका घाइते खेलाडी राईलाई हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.