Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

गोलनेपालमार्फत संकलित रकम बराहक्षेत्रका घाइते खेलाडी राईलाई हस्तान्तरण

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
18/11/2019
in स्थानीय
0
गोलनेपालमार्फत संकलित रकम बराहक्षेत्रका घाइते खेलाडी राईलाई हस्तान्तरण
306
SHARES
406
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । फुटबल खेल्दा घाइते भएका बराहक्षेत्र नगरपालिका ३ बाङ्गेका १६ वर्षीय खेलाडी प्रज्वल राईलाई गोलनेपाल डटकममार्फत संकलित रकम हस्तान्तरण गरिएको छ ।

फुटबल खेल्न असाध्यै मन पराउने राई कार्तिक ७ गते धरानको फेयर एफसी फुटबल क्लबबाट फुटबल खेल्ने क्रममा घाइते भएका थिए । प्रतिस्पर्धि टिमले लडाउँदा घाइते भएका राईको पछाडिको ढाडको हड्डी भाँचिएको थियो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

घाइते भएको राईलाई उपचार गर्न धरानको वि.पि.मेमोरियल हस्पिटलमा भर्ना गरिएको थियो । उपचारमा थप समस्या भएपछि गोलनेपालमार्फत उपचारार्थ संकलन गरिएको थियो । गोलनेपाल तथा समर्थकमार्फत संकलित ४ लाख ६६ हजार १ सय २९ रुपैयाँ गोलनेपालका प्रदेश १ प्रतिनिधि जनम बरालले हस्तान्तरण गरेका हुन् ।

उपचारको क्रममा राईको परिवरसँग भएको र ऋणदातासँग खोजेर करिब ५ लाख ५० हजार खर्च भएपछि अन्य सहयोगी हातबाट उपचारार्थ रकम संकलन हुन थालेको हो ।

स्थानीय अमृत राईले गोल नेपालका प्रदेश १ प्रतिनिधि बराललाई घटनाबारे जानकारी गराएका थिए । बरालले गोल नेपालको वेभसाइटमा घाइते राईको एउटा भिडियो पोस्ट गरेका थिए । त्यसपछि गोलनेपालले अभियान नै चलाएको थियो । घाइते राईको उपचारका लागि एभरेष्ट फुटबल क्लब बराहक्षेत्र ३ नडाहाले १५ हजार रुपैयाँ सहयोग गरेको छ ।

उपचार खर्च वापत संकलित सहयोग रकम आइतबार एक कार्यक्रमका बीच राईको घरमा गइ परिवारलाई हस्तान्तरण गरिएको हो । घाइतेको बुबा जय प्रकाश राईले सरकारले १ लाख रुपैयाँ छुट दिएको जानकारी दिँदै गोलनेपाल तथा सहयोग गर्ने सबै समर्थकहरुलाई धन्यवाद व्यक्त गरे ।

उनलाई उपचारका लागि अस्पताल लगेपछि उनको मेरुदण्डको शल्यक्रिया गर्नुपर्ने बताइएको थियो । कमजोर आर्थिक अवस्था भएको राईको परिवारलाई उपचार खर्चका लागि सहयोगको अपिल गरेका थिए ।

Tags: गाेलनेपालफुटबलबराहक्षेत्रसहयाेगसुनसरीहस्तान्तरण

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
बन्धन सिमेन्टको उपहार : इनरुवाका सन्जय र लेटाङकी ओमकुमारीलाई स्कुटर

बन्धन सिमेन्टको उपहार : इनरुवाका सन्जय र लेटाङकी ओमकुमारीलाई स्कुटर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.