सुनसरी । बराहक्षेत्र नगरपालिका ३ माथिल्लो भरौलीमा रहेको नेपाल मानव धर्म सेवा समिति भरौलले श्रिमदभागवत सप्ताह ज्ञान एवं धान्याज्चल महायज्ञ सुरु गरेको छ ।
बराहक्षेत्र ३ का वडाध्यक्ष रुद्र दाहालले महायज्ञ उद्घाटन गरेका छन् । महायज्ञ २६ मंसिरसम्म सञ्चालन हुने छ ।
नेपाल मानव धर्म सेवा शाखा भरौलको भवन जीर्ण भएको र उक्त जग्गामा एउटा नयाँ भवन बनाउने उद्देश्यले महायज्ञ लगाइएको आयोजक समितिका अध्यक्ष बाबुराम अधिकारीले बताए ।
सबै धर्म बीच एकता सद्भाव र सम्मान भरौल आश्रम निर्माणको अभियानसहितको नारा बोकेर उक्त महायज्ञ सुरु गरेको अधिकारिले बताए ।
उक्त महायज्ञमा कथा वाचक आचार्य पंडित चन्द्र प्रकाश भट्टराई सत्यङ्ग्ग प्रवचन साधुसन्त तथा धार्मिक ब्यक्तिहरुबाट हुनेछ ।
संगीत भजन किर्तन, नृत्य तथा झाँकी समेत प्रस्तुत गर्ने आयोजकले जनाएको छ । मिलनचौक, नडाहा, खोरिया हुदै एक फान्को कलस यात्रा गरि महायज्ञ सुरु गरेको वडा सदस्य टेकबहादुर गौतमले बताए ।