सुनसरी । बराहक्षेत्र नगरपालिका ५ स्थित लक्ष्मीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
आइतबार साँझ करिब ६ बजे ट्याक्टर र मोटरसाइकल दुर्घटना हुँदा बराहक्षेत्र ८ बस्ने मदन गुप्ताको मृत्यु भएको हो ।
नडाहाबाट कालाबन्जार जाँदै गरेको को ६ प ३३१३ नम्बरको मोटरसाइकल बिपरित दिशाबाट आउँदै गरेको को ३ त ४ नम्बर ट्याक्टर बीच ठोक्किदा मोटरसाइकल चालक २३ वर्षका गुप्ता र बराहक्षेत्र ८ कै पछाडि सवार वर्ष २६ का कालुराम चौधरी गम्भीर घाइते भएका थिए ।
उनीहरुलाई उपचारका लागि धरान बिपि कोइराला स्वास्थ्य हस्पिटलमा पुर्याइएको थियो । चालक गुप्ता गम्भीर घाइते भएको भन्दै उनलाई बिराट नर्सिङ होममा लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुप्ताको उपचारको क्रममा आइतबारनै करिब ९ बजे हस्पिटलले मृत्यु घोषणा गरेको थियो ।
यता ट्याक्टर चालक बराहक्षेत्र २ बस्ने वर्ष २३ का अवज खत्री लाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको कार्यालय प्रमुख सरणकुमार दाहालले बताए ।






