सुनसरी । बराहक्षेत्र ५ कालाबन्जारमा बुधबार लायन्स क्लब अफ कालाबन्जारको आयोजनमा एक दिने निःशुल्क आखा शिविर सम्पन्न भएको छ।
उक्त शिविर बराहक्षेत्र ५ नम्बर वडा कार्यालयको नयाँ भवनमा शिविर संचालन भएको थियो । उक्त शिविरमा आँखाको समस्या भएका १ सय ९४ जना साबिक भरौलबासिले परीक्षण गराएका थिए । जसमा महिला ९६ र पुरुष ९८ थिए ।
२२ जनालाई भने मोतिबिन्दु भेटिएको लायन्स क्लबका अध्यक्ष राजन कार्कीले बताए । उनीहरुलाई उपचार गर्न इटहरी बोलाएको कार्की जानकारी दिए ।
अन्य साधारण समस्या भएका बिरामीलाई शिविरमा नै निःशुल्कऔषधि दिएको समेत कार्कीले बताए । उक्त शिविरमा बालबालिका ्देखि बृद्धवृद्धासम्मले सेवा लिएका थिए ।
शिविर बराहक्षेत्र ५ वडा अध्यक्ष राजु अधिकारीले उद्घाटन गरेका थिए । उक्त शिविरमा ग्लोबल आखा केन्द्र काठमाडौं र इटहरीको प्राबिधिक सहयोगमा सञ्चालन भएको शिविरमा नेपालको ख्याति प्राप्त आखा चिकित्सकहरुले बिरामीको आखा परीक्षण गरेका थिए ।