सुनसरी । बराहक्षेत्रबाट बिहीबार राति सखुवाको चिरान काठ बरामद गरिएको छ ।
वन कार्यालयको गस्ती टोलीले ३३ क्युविक फिट परिमाणको ४० थान सखुवाको चिरान काठ बरामद गरेको हो । उक्त काठ बराहक्षेत्र नगरपालिका ९ भक्त चोक नजिक कोशी किनारबाट बरामद गरिएको हो ।
वनको गस्ति टोलीलाई देखेपछि काठ तस्करीमा संलग्नहरु फरार भएको रामधुनी सव डिभिजन वन कार्यालय महेन्द्रनगरले जनाएको छ ।
डिभिजन वन कार्यालय सुनसरी र रामधुनी सव डिभिजनवबन कार्यालय महेन्द्रनगरको संयुक्त टोलिले राति गस्ती गर्ने क्रममा करिब १० बजे कोशी किनारमा बत्ति बलेको देखेपछि त्यहाँ पुगेका थिए ।
गस्ति टोलीलाई देखेपछि उनीहरु काठ छोडेर भागेको रामधुनी सव डिभिजन वन कार्यालय महेन्द्रनगरका रेन्जर रमेश रेग्मीले बताए ।
बरामद गरिउको सालको काठ रामधुनी वन कार्यालय महेन्द्रनगरमा राखिएको उनले बताए । उक्त काठ कसको हो भन्ने अहिलेसम्म नखुलेको रेग्मीको भनाई छ ।