सुनसरी । बराहक्षेत्र नगरपालिका ३ मा रहेको संस्थागत स्काई इङलिस स्कुलले ९औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । भब्यका साथ सम्पन्न गरेको छ ।
उक्त अभिभावक दिवसको अवसरमा बराहक्षेत्र नगरपालिका ३ बस्ने निशान लिम्बुलाई नेपालकै चर्चित ए डिभजन क्लब मनाङ मस्र्यांद क्लबबाट लिग खेलेर उक्त क्लबलाई तेस्रो स्थान सम्म पुग्न लिम्बूले गरेको योगदान र बराहक्षेत्रलाई चिनाउन सफल भएको भन्दै सम्मान गरिएको छ । उनलाई स्कुलले दोसल्ला र सम्मान पत्रले समान गरेको हो ।
त्यसैगरी प्याब्सनको आयोजना भएको लोक नृत्य प्रतियोगितामा नगर स्तरीय प्रथम, जिल्ला स्तरीय प्रथम हुँदै प्रदेश स्तरीयमा तेस्रो स्थान बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नृत्य निर्देशक नगेन्द्र राईलाई समेत स्कुलले सम्मान गरेको छ । सम्मान गरपिन्सिपल शरण लिम्बूले बताए ।
विद्यालयको प्रांगणमा भएको कार्यक्रममा अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले बनाएका विभिन्न हस्तकला, चित्रकला लगायत विभिन्न प्राविधिक सामाग्री प्रदर्शन समेत गरेका थिए ।
उक्त प्रदर्शनमा राखिएका सामाग्रीलाई प्रमुख अतिथि, अतिथि, अभिभावक लगायतले अवलोकन समेत गरेका थिए । कार्यक्रममा बालबालिकाहरुले विभिन्न भेषभुषमा सजिएर नृत्य तथा गायन समेत प्रस्तुत गरे ।
उक्त कार्यक्रममा सप्ताह खेलकुदबाट विभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई स्कुलले मेडल, प्रमाणपत्र तथा ट्रफी वितरण गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललिता उदास राईको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथिमा जिल्ला प्याब्सन सुनसरीका सचिव बिजयकुमार राई, विशेष अतिथिमा बराहक्षेत्र वडा नम्बर ३ वडा अध्यक्ष रुद्र दाहाल, बराहक्षेत्र नगर सचिव खेमराज राई, तथा अतिथिहरुमा विद्यालयका प्रधानाध्यापक, समाजसेवीलगायत रहेका थिए ।



