इलाम । इलाम देउमाई ६ शान्तीडाँडा बस्ने २५ वर्षीया शुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी छन् ।
सोमबार बेलुका ८ बजे खाना खाएर घरमा बुबासँग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी बिषयमा विवाद हुनथालेपछी राति ११ बजे शुष्माले बुबा ५१ वर्षीय फुलबहादुर राईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
फुलबहादुर आफ्नै घर भित्र मृत अवस्थामा फेला परेको भनि आफन्तले मंगलबार बिहान इलाका प्रहरी कार्यालय मंगलबारेमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय इलामबाट समेत घटना स्थलमा प्रहरी गएको थियो ।
उक्त प्रहरी टोलीले मृतक राईको हत्या भएको पुष्टी गरेसँग्ै हत्यामा संलग्न शुष्मालाई जंगलमा लुकिछिपि बसेको अवस्थामा घटनामा प्रयोग भएको बन्चरोसहित पक्राउ गरेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।