सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका १ बाट ठूलो परिणामको लागुऔषधसहित एक पक्राउ परेका छन् ।
मंगलबार बिहान साढे ४ बजे इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका १ लब्टोलियाबाट सोही नगरपालिका ७ का २१ वर्षीय भोला भनिने नरेशकुमार यादवलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका यादवको साथबाट अवैध लागुऔषध नुफिन ५८० एम्पुल, डाईजेल्याब ५६० एम्पुल र फेनारगन ५६० एम्पुल गरि जम्मा एक हजार सात सय एम्पुल बरामद भएको छ ।
पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।