उदयपुरको त्रियुगा नगरपालिका ६ स्थित नियन्त्रित औषधिसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार राति लालपत्ताबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा गरेको प्र.१ ०५ ००१ ०१५३ नम्बरको अटोमा लुकाई छिपाई राखेको अवस्थामा डाईजेपाम, फेनार्गन र बुप्रिनोर्फिन गरी जम्मा ५६ एम्पुल नियन्त्रित औषधी बरामद गरेको हो ।
नियन्त्रित औषधीसहित अटो चालक त्रियुगा ३ का ४४ वर्षीय राजेश श्रेष्ठ र अटोमा सवार त्रियुगा ११ का २६ वर्षीय धिरज खड्का पक्राउ परेका हुने । प्रहरीका अनुसार उनीहरुको विषयमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।