मोरङ । बिराटनगर महानगरपालिका १६ दरैयाबाट लागुऔषधसहित १ जना पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान ५ बजेको समयमा विराटनगर महानगरपालिका-१४ का ४१ वर्षीय संजय यादव पक्राउ परेका हुन् ।
उनको साथबाट डाईलक्स डि.सी. १०० एमएलको ३१ बोतल, स्पास्मोप्रोक्सिवन १४३ क्याप्सुल, नाईट्राभेट-१५० चक्कीसहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।