सुनसरी । धरानमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका १५ सिद्धकाली चोकमा रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको हो ।
बिहीबार (आज) बिहान सवा ८ बजे अचानक आगलागी हुँदा ८७ वर्षीया धनमाया श्रेष्ठ र ५८ वर्षीया सिता श्रेष्ठको आगोले जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
उक्त आगलागी नेपाल प्रहरी, शशस्त्र प्रहरी र धरान तथा इटहरीबाट गएको दमकलको सहयोगमा बिहान पौने १० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको तथा अन्य थप अनुसन्धानका साथै मृतकको कानुनी प्रकृया भइरहेको उक्त कार्यालयले जनाएको छ ।
वर्षायाम सुरु भएसँगै आगलागीका घटना बढीरहेको हुँदा सबैले सचेत भई छिटो आगलागी हुने चिज वस्तुहरुमा बिशेष ध्यान दिन समेत प्रहरीले अनुरोध गरेको छ ।