मोरङ । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ स्थित बुद्ध माविको भवन निर्माणका लागि क्रमागतरुपमा पाँच करोड रुपैयाँ अनुदान प्राप्त भएको छ ।
सोही विद्यालय अध्ययन गरि हाल सामाजिके क्षेत्रमा काम गरिरहेका नवीन जङ्ग कार्कीको पहलमा संघीय सरकारको तर्फबाट क्रमागतरुपमा पाँच करोड र आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि एक करोड ७५ लाख रुपैयाँ विनियोजन भएको हो ।
आगामी आर्थिक वर्ष २०७७/०७८को लागि वहुवर्षीय योजना अन्तरगत भवन निर्माण गर्नका लागि संघीय सरकारको तर्फबाट विशेष अनुदान स्वरुप एक करोड पचहत्तर लाख रुपैयाँ विनियोजन भएको विद्यालय व्यवस्थापन समितिका सदस्य तेजिन्द्र पाण्डे (रमेश) ले बताए ।
सुविधायुक्त भवनको अभाव ब्यहोरिरहेको विद्यालयले उक्त योजना लागू भएपछि भने निकै ठूलो उपलब्धी हासिल गर्ने विद्यालयका प्रधानाध्यापक बोधराज सिग्देलले बताए ।
यस योजनाको लागि युवा समाजसेवी कार्कीको नेतृत्वमा गत माघ ९ गते प्रधानाध्यापक बोधराज सिग्देल र युवा नेता सन्तोष वान्तवाको टोलि संघीय राजधानी काठमाडौं गएको थियो । टोलिले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, अर्थमन्त्री युवराज खतिवडा लगाएतलाई भेटेर विद्यलयको बजेटको विषयमा छलफल भएको कार्कीले बताए ।
कार्की प्रभात सामुदायिक युवा क्लब र सोमबारे बजार ब्यबस्थापन समितीका अध्यक्ष समेत हुन् ।