सुनसरी । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको सतह र बहाव उच्च भएको छ ।
सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि खतराको संकेतस्वरुप रातो बत्ती र झण्डा फहराएको छ ।
सप्तकोशी नदीमा शुक्रबार दिउँसो १२ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेण्ड २ लाख २५ हजार ५५ क्यूसेक पुगेको छ । पानीको बहाव बढेसँगै सप्तकोसीका ५६ मध्ये ३३ वटा ढोका खोलिएका छन् ।
पूर्वी पहाडी र मध्यपहाडी जिल्लामा परेको लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । सप्तकोसीमा प्रतिसकेण्ड पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।