झापा । झापाको दमकबाट नियन्त्रीत लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
दमक नगरपालिका १ बाट नियन्त्रीत लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका हुन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीबार राति ११ बजे इलामको चुलाचुली गाउँपालिका ३ घर भई दमक नगरपालिका १ मा बसोबास गर्ने २२ वर्षीय दिपेन लिम्बु र माङसेबुङ ३ घर भएका १६ वर्षीय रोहन राईलाई ४९।१ ग्राम नियन्त्रीत लागुऔषध ब्राउन सुगर तथा ५२ हजार ६ सय ५ रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।