झापा । झापामा खोलाले बगाएर आइतबार एक वृद्धाको मृत्यु भएको छ ।
झापाको हल्दीवारी गाउँपालिका ५ बस्ने ७२ वर्षीया हरिमाया बेगाको खोलाले बगाएर मृत्यु भएको हो ।
आइतबार राति साढे ८ बजेको समयमा स्थानीय भुतेनीखोला तर्ने क्रममा अचानक खोलाले बगाएर दहमा मृत अवस्थामा रहेको भन्ने जानकारी पाए घटना स्थलमा प्रहरी चौकी जलथलको टोली पुगेको थियो ।
घटनाका सम्बन्धमा थप अनुसन्धानक लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।