झापा । दमक नगरपालिका–६ बेलडाँगीबाट लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय दमकबाट गस्तिमा खटिएको प्रहरी टोलीले आइतबार राति १० बजे उनीहरू पक्राउ परेका हुन् ।
राति शंकास्पद अवस्थामा हिँडिरहेका दमक नगरपालिका–८ का २१ वर्षीय बिक्रम लम्जेल र रतुवामाई नगरपालिका–८ का २२ वर्षीय रोशनकुमार मग्रातीलाई चेक गर्दा उनीहरुको साथबाट एक ग्राम ३९० मिलिग्राम लागूऔषध ब्राउनसुगर र नगद दुई हजार चार सय रुपैंया बरामद भएको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित पक्राउ परेकाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।